“जिउन खोज्यो जिउनै गाह्रो” सांगितिक कोसेली बजारमा



काठमाडौं ।
अपाङ्गता भएकाहरुको जिवनको भोगाईलाई समेटेर नव गायिका गंगा छन्त्यालको को सांगितिक कोसेली जिउन खोज्यो जिउनै गाह्रो बजारमा आएको छ ।

डि.ए.आर मुभिज एण्ड फिल्म ई. प्रा.लि को प्रस्तुति रहेको गित नव गायिका गंगा छन्त्यालको वास्तविक जिवनमा आधारित आधुनिक गित हो । गितमा शब्द तथा संगीत छन्त्यालको आफ्रनै रहेको छ भने एरेन्ज भुवन प्रकाश बडुले गरेका हुन् । बिग एच.डि. परिवेष स्टुडियोमा रेर्कडिङ भएको उक्त गितको म्युजिक भिडियो डि.ए.आर मुभिज एण्ड फिल्म ई. प्रा.लिको निर्माणमा बजारमा आएको हो ।

गितले बजारमा आएको एक साता भित्रनै निकै नै राम्रो प्रतिक्रिया पाइरहेको छ । उक्त भिडियोमा चर्चित कलाकारहरु रमा थपलिया, उत्तम के.सी, आशा खड्का, जिवन बडु, नारायण दंगाल लगाएतको अभिनय रहेको छ ।

म्युजिक भिडियो मा क्यामरा अमन बडु, सम्पादन विवेक सुनुवार, कला रोशन झा, व्यवस्थापन डिं.एन. दाहाल र निर्देशन प्रभावनको रहेको छ ।

काठमाडौंको राष्ट्रिय महिला आयोगमा आयोजित विमोचन कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गित विमोचन गर्दै अपाङ्गता भएकाहरुलाई सफल जिवन जिउनका लागि गित प्रेरणाको स्रोत बताउँदै गायिकाको सांगितिक यात्राको शुभकामना व्यक्त गरे ।

भिडियो डि.एआर. मुभिजको औपचारीक च्यानलबाट डिजिटल बजारमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्