दाङमा कुवामा डुबेर एक महिलाको मृत्यु



नेपाल समाचारपत्र, दाङ
दाङको घोराही– १८ मसिना नौलोटोलकी एक महिलाको कुवामा डुबेर मृत्यु भएको छ । शनिबार बिहान पौने ११ बजेतिर कुवामा नुहाउन कुवाबाट पानी तान्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृत्यु हुनेमा ५० वर्षीया जुगानी चौधरी हरेकी छिन् ।
उनको लाल शनिबार सवा ११ बजेतिर स्थानिय र प्रहरीको सहयोगमा कुवाबाट बाहिर निकालिएको छ । जुगानीको लास उनको छोरा सुनील चौधरीलाई बुझाईएको छ ।
साथै मृतकको मानसिक अवस्था ठिक नभएको भन्ने वुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्