शैक्षिक भ्रमण गएकी विद्यार्थी ३ दिनदेखि बेपत्ता



ज्ञानमणि नेपाल कालोटोपी, काभ्रे ।
जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ११ गैराथोक घर भएर वडा नं. १० स्थित श्री उमाशह शिक्षालय उच्च माविको कक्षा ५ मा अध्ययनरत ११ वर्षकी विद्यार्थी सुनमाया तामाङ्ग पुस २७ गतेदेखि भक्तपुरबाट हराएकी छिन् ।

विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका लागि आएकी उनी भक्तपुर दरबार स्क्वायर अवलोकन गर्न जाने क्रममा सो स्थानबाट हराएकी हुन् । उनी झुक्किएर अर्को बसमा चढेको हुन सक्ने अनुमानका आधारमा त्यस वरपर र नगरकोट, मेलम्ची, बनेपा, दोलखा तथा राजधानी सम्म खोजी गर्दा समेत हालसम्म पत्तो लाग्न सकेको छैन ।

सम्बन्धित शिक्षक तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लगायतको टोली अहिले उनको खोजीमा जुटेको तर काहिं कतै पत्ता लाग्न नसकेको शिक्षक देवी प्रसाद नेपालले जानकारी दिए । ‘हामीले सम्भावित सबै ठाउँमा खोजी गरिसक्यौं, विभिन्न ठाउँमा रहेका प्रहरीचौकीमा पनि जानकारी गराएका छौं तर पनि पत्ता लाग्न सकेको छैन ।’

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राम बहादुर लामाले भने “हामी सबै संचार माध्ययमलाई यस विषयमा समाचार प्रकाशन तथा खोजीका लागि प्रहरी लगायतलाई अनुरोध गर्दछौं ।” बालिका फेला नपरेपछि विद्यालय र सम्बन्धित परिवार यतिबेला तनाबमा रहेको पनि उनले जानकारी दिए ।

यदि कसैले कतै फेला पार्नु भएमा नजिकको प्रहरीचौकी वा ९८४११०३२६५, ९८४१३८४२५९, ९८४१३७३११० र ९८६०५६४३६६ मा खबर गरि सहयोग गरिदिनु हुन सम्बन्धित विद्यालयले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्