महिलालाई मात्र हैन पुरुषलाई पनि स्तन क्यान्सर हुन्छः डा.बराल



नेपाल समाचारपत्र, काठमाडौँ ।
महिलालाई मात्र हैन पुरुषलाई पनि स्तन क्यान्सर हुन्छ । विश्वमा १ प्रतिशत पुरुषमा पनि स्तन क्यान्सर हुन्छ । क्यान्सर रोग लुकाउने हैन समयमै पहिचान गरे नेपालमै उपचार सम्भव छ । जनचेतना नहुँदा सतप्रतिशत निको हुने क्यान्सरबाट समेत मानिसको ज्यान गैरहेको अवस्था छ ।

पब्लिक सुत्रधार बहुउदेशीय सहकारी संस्था लिमिटेडको चौथो साधारण सभा तथा संस्थाको १८ औं बार्षिकोत्सवको अवसरमा उपस्थित हुनुभएका वरिष्ठ क्यान्सर रोग बिशेषज्ञ प्रा.डा. राजेन्द्र प्रसाद बडालले उक्त भनाई राख्नुभएको हो । क्यान्सर समयमै पत्ता लागे उपचार गर्दा निको हुन्छ उहाँले भन्नुभयो ।

उहाँले कार्यक्रममा क्यान्सर केहो र यसबाट जोगिन के गर्नुपर्छ भन्ने बारेमा जनचेतनामूलक प्रशिक्षण दिनुभएको थियो । रेडियसनका कारण क्यान्सर हुन्छ । अमेरीकामा दोस्रो विश्व युद्धमा गरिएको बमबारीको र्याडियसनले अहिले सम्म क्यान्सर हुँदैछ । खाँदा जिब्रो पड्कने स्वादिलो खानामा मिसाएको केमिकलले क्यान्सर हुन्छ । ढुसी लागेको खानाले फोक्सो कलेजोको क्यान्सर हुन्छ । धेरै नून खानाले पनि क्यान्सर हुन्छ । जिब्रोको स्वादका लागि खाने खानाले क्यान्सर लाग्छ ।

माम्साहारी अर्थात रातो र पोलेको मासु बढी खाने मान्छेमा क्यान्सरको सेले छिटो भन्दा छिटो बृद्धि हुन्छ । मासु पोलेर खानु हुन्न । मासु र आगोको संगमले क्यान्सर ल्याउछ । ७५ प्रतिशत क्यान्सर सूर्तिजन्य पदार्थकै कारण हुने गरेको विश्व स्वास्थ्य संगठनले प्रमाणीत गरिसकेको पनि उहाँले बताउनुभयो । डा.बराल यतिबेला क्यान्सर अस्पताल मात्र हैन क्यान्सर रोगलाई विश्वबाट कसरी न्यूनीकरण गर्दैैै लान सकिन्छ भन्ने अभियानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थामा समेत अग्रपंक्तिमा रहेर नेतृत्व गर्दै हुनुहुन्छ । उहाँ लायन्स तथा रोटरी अन्तर्राष्ट्रिय क्वलको पनि नेतृत्वकर्ता हुनुहुन्छ ।

डा.बराल भन्नुहुन्छ– नेपालमा बार्षिक १८ हजार मानिस क्यान्सर रोगका कारण मरिरहेका छन् । यसको प्रमुख कारण जनचेतना नहुनु र समयमा रोग पहिचान नहुनुनै हो । क्यान्सर नलाग्नका लागि मोटो पन घटाउने, दिनमा पाँचपटक खाने, धुम्रपान नगर्ने, शारिरीक व्यायाम र खानपानमा ध्यान दिएमा क्यान्सर रोग लाग्नबाटै रोक्न सकिन्छ ।

कार्यक्रममका प्रमुख अतिथि सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका प्राचार्य उपेन्द्र बहादुर ढुंगानाले सहकारीले नीति नियम र कानूनको पालना गर्दै काम गरेमा सम्मान र अवसर प्राप्त गर्ने कुरा बताउनुभयो । उहाँले सोही अवसरमा उत्तम बचतकर्ता, जेष्ठ नागरिक, बाल बचत, शैक्षिक छात्रबृत्ती बितरण गर्नुभएको थियो ।

बरिष्ठ कलाकार (आर्टिस्) राधेश्याम मुल्मीलाई सम्मान गर्नुभएको थियो । सोही अवसरमा डा.बराललाई पनि प्रमुख अतिथि ढुंगानाले सम्मान पत्र तथा सम्मान गरिरहेको फोटो धुलाई फ्रेममा राखेर सरप्राईज मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा सम्मानीत व्यक्तित्व मुल्मीले सहकारीको प्रगतिको कामना गर्दै कलाकारहरुलाई सहकारीले सम्झेको धन्यवाद व्यक्त गर्नुभयो ।

सहकारीका अध्यक्ष महेशकुमार कर्माचार्य, सचिव बिधान जोशी, कोषाध्यक्ष रामशरण हुमागाई, लेखा सुपरिवेक्षण समितिका संयोजक निर्मल कर्माचार्यले संथाको आर्थिक बर्ष ०७४÷०७५ को प्रतिवेदन तथा आगामी कार्यक्रमको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्