शैलेश्वरी मैत्रीपुर्ण भलिबल खेलमा जिल्ला भलिबल टिम विजयी



विमल बिष्ट, डोटी ।
डोटीको जिल्ला सदरमुकाम सिलगढीमा रहेको रुद्रध्वज गणले आयोजना गरेको शैलेस्वरी मैत्रीपुर्ण भलिबल प्रतियोगीतामा जिल्ला भलिबल टिम बिजयी भएको छ । भलिबल खेलको क्षेत्रमा टेवा पु¥याउने उदेश्यका साथ आयोजना गरिएको उक्त खेलमा राष्ट्रसेवक कर्मचारी टिम र जिल्ला भलिबल टिम बिच प्रतिसप्रर्धा भएको थियो ।

उक्त प्रतिसप्रर्धामा जिल्ला भलिबल टिमका खेलाडीहरुले लगातार तिन वटा गेम जिती बिजयी भएको रेफ्रि राजबहादुर खड्काले बताउनु भयो । दिपायल सिलगढी नगरपालिकाको ५० हजार आर्थिक सहयोगमा नेपाली सेनाको रुद्रध्वज गणले उक्त शैलेस्वरी मैत्रीपुर्ण भलिबल प्रतियोगीताको आयोजना गरेको थियो ।

डोटी जिल्लामा भलिबल खेलको स्तरोउन्नतीका साथै बिकास गर्नका लागि आफुहरुले सहयोग गरेको दिपायल सिलगढी नगरपालिकाका प्रमुख तथा उक्त मैत्रीपुर्ण खेलका प्रमुख अतिथी मन्जु मलासीले बताउनु भयो । उहाँले भन्नुभयो ‘हाम्रो उदेश्य भनेको डोटीमा भलिबल खेलको स्तरोउन्नती गर्नु हो,हामी जिल्लामा भलिबल खेललाई सधै प्राथमिक्ता दिने छौ ।’ जिल्ला उक्त कार्यक्रमका बिशिष्ट अतिथी तथा डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले जिल्लामा आयोजना हुने बिभिन्न खाले प्रतियोगीताले खेलाडीको मनोबल बढ्ने तथा खेलको पनि बिकास हुने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘डोटीमा विषेश गरि भलिवल प्रति युवाहरुको रुचि भएको र प्रतियोगीताले यस्ता खेलले खेलाडीहरुलाई प्रोत्साहन गर्ने छ ।’ उक्त खेलका लागि टुडीखेल फिलिङ उपभोक्ता समितिका अध्यक्ष नरेश मलासीले जिल्ला भलिबल टिमका खेलाडीलाई ड्रेस प्रदान गर्नु भएको थियो भने राष्ट्रसेवक कर्मचारी टिमका खेलाडीहरुलाई कैलालीको धनगढीमा रहेको ईश्वरी ग्रुप अफ फाईभ तारानगरले ड्रेस प्रदान गरेको थियो ।

उक्त खेलको मेडल तथा प्रमाणपत्रका लागि रुद्रध्वज गणले २० हजार सहयोग गरेको बताईएको छ । साथै उक्त खेलमा जिल्ला खेदकुद विकास समिति डोटीको प्राविधिक सहयोग रहेको आयोजक संस्था रुद्रध्वज गणले जनाएको छ । उक्त प्रतियोगीतामा प्रथम हुने टिमलाई २५ हजार र दोस्रो टिमलाई १५ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजक संस्था रुद्रध्वज गणका गणपति प्रमुख सेनानी रत्नकेशर खड्काले जानकारी दिनु भयो । त्यस्तै खेलमा उत्कृष्ट प्रर्दशन गर्ने दुई खेलाडीलाई जनही ५ हजार नगद सहित सम्मान गरिएको थियो ।

उक्त प्रतियोगीतामा शसस्त्र प्रहरी उपरिक्षक प्रदिपकुमार पाल,जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी बिद्यानन्द माझी,डिएसपी लालबहादुर धामी,राष्ट्रिय अनुसन्धान डोटी प्रमुख गोबिन्द पाण्डे, नेपाली सेना लगायत सयौ दर्शकहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्