क्षेप्यास्त्र प्रहार



दमास्कस (एजेन्सी)
इजरायली युद्धक विपमानले प्रहार गरेको क्षेप्यास्त्र दमास्कस स्थिन अन्तराष्टिय विमान स्थलको एक गोदाममा खसेको र त्यसले गोदामलाई ठुलो नोक्सान पुर्याएको सिरियाली सेनाका अधिकारीहरुले जानकारी दिए । तर उक्त हमलामा कोही पनि हताहत नभएको उनीहरुले बताए ।

शुक्रबार मध्यराती दक्षिणबाट आइइरहेको इजरायली विमानले दमास्कस वरपरको क्षेत्रमा कयौ क्षेप्यास्त्र प्रहार गरेको सरकारी सन्चार माध्यमले जनाएको छ । आक्रमणको निसाना सिरियाली सरकारलाई समर्थन गरिरहेका इरानी तथा हिज्बुल बलका सैन्य सामानको भन्डार रेहका स्थानलाई बनाइएको बताइएको छ । तर इजरायलले यसमा कुनै टिप्पणी गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्