६६ वर्षको उमेरमा नागरिकता



????????????????????????????????????

सलिम अन्सारी,प्युठान।
यहाँको ऐरावती गाउँपालिका वडा नंम्बर १ दाङवाङ कि कमला साकींले ६६ वर्षमा नागरिकता पाएकी छन् ।धेरै प्रयास गर्दा पनि नागरिकता बनाउन नपाएकी उनले गाउँमै शिविर सञ्चालन पछि नेपाली नागरिकता पाएकी हुन् ।

उनले दाई ढुन बहादुर घर्ति .को मतदाता नामावलीबाट श्रीमान विष्णु बहादुर सार्कीको सहयोगमा नागरिकता बनाएको बताईन् ।

उनले सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीको हातबाट ५३(१३(७५(००२०९ नम्बरको नागरिकता पाइन् ।विंक्रम सम्वत २००९ सालमा जन्मिएकी उनी नागरिकता नहुँदा सरकारबाट पाउने समाजिक सुरक्षा भत्ता लगायतका सुविधावाट बञ्चित थिइन्। ३ भाई छोरा २ बहिनी छोरी गरि ५ सन्तानकी आमा सार्किले माईतीले पनि नागरिकता नबनाईदिएको दुखेसो पोखिन।

“श्रीमानलाई पटक–पटक नागरिकता बनाइदिन भन्दा किन बनाउन पर्यो भन्थे’ उनले भनिन ’नागरिकता पाउन सकेकी थिइनँ, आज बल्ल पाएँ”, उनले भनिन् ।

उनीजस्तै अशक्त र वृद्धवृद्धाले गाउँमै सेवा पाएका छन् । समय र पैसा खर्च गरेर सदरमुकामका कार्यालयबाट लिनुपर्ने सेवा गाउँमै पाएको भन्दै स्थानीयवासी खुशी भएका थिए ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा दुई दिन सञ्चालन भएको सरकारी घुम्ती शिविरमा सयौं नागरिकले सेवा लिएका छन् । शिविरमा ३ सय २९ जनाले नया नागरिकता बनाएका छ्न।फोटो सहितको मतदाता नामावली तीन सय ७८ वटा बनाएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीले जानकारी दिए ।

त्यस्तै गाउँपालिकाबाट स्वास्थ्य परामर्श सेवा उपचारसहित पाँच सय ५० जना, कृषि सम्बन्धि सेवा ८ सय, अंपागता परिचय पत्र ३३ वटा, पशु सेवा परामर्श ४ सय ६४ जनालाई र जेष्ठ नागरिक परिचय पत्र २३ जनालाई प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष बुद्ध बस्नेतले बताए । त्यस्तै घरेलुतर्फ २ दर्ता, २ नवीकरण र १० जनालाई परामर्श सेवा दिईएको छ ।गाउँपालिकाका ६ वटै वडाका सेवाग्राहीले सेवा लिएको ऐरावती गाउपालिकाले बताएको हो ।

प्रतिक्रिया दिनुहोस्