उद्यमशिलताबाट मात्रै देशमा सम्बृद्धि संभब छ: अध्यक्ष तिमिल्सीना



नेपाल समाचारपत्र, पर्वत ।
उद्यमशिलताले मात्रै देशले हासिल गर्न खोजेको सम्बृद्धि संभव भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीनाले बताउनुभएको छ ।

पर्वत उद्योग बाणिज्य संघको ३६ औं साधारणसभामा बोल्दै अध्यक्ष तिमिल्सीनाले उद्यमशिलता बढ्न सके मात्रै देशमा रोजगारी र आर्थिक अवसर सृजना हुने भएकाले सम्बृद्धि हासिल गर्न उद्यमशिलताको बिकास हुनुपर्ने कुरामा जोड दिनुभएको हो ।

‘देश बिकासको नयाँ युगमा प्रबेश गर्दै छ’ अध्यक्ष तिमिल्सीनाले भन्नुभयो ‘देश बिकासको लागि हरेक क्षेत्रमा उद्यमशिलतको बिकास हुन जरुरी छ’ कृषि, पर्यटन, उत्पादन देखि निर्यात सम्मका उद्यमहरुको बिकास गर्न सके मात्रै देशको मुहार फेरिने कुरामा उहाँको जोड थियो । पुर्वाधार निर्माणका क्षेत्रमा धेरै काम भैरहेको बताउँदै यो आर्थिक बर्षको अन्त्य सम्ममा सरकारले गरेका कामको नतिजा आउने गरि काम हुन्छन भन्नुभयो ।

संघीय संसदले फागुन २१ सम्म सबै कानुनहरु निर्माणको काम सक्ने बतताउादै संघीय ऐनहरु बनेपछि सबै क्षेत्रमा काम गर्ने सहज वातावरण निर्माण हुने बिश्वास पनि अध्यक्ष तिमिल्सीनाले ब्यक्त गर्नुभयो । अर्को प्रसंगमा बोल्दै अध्यक्ष तिमिल्सीनाले पर्वत जिल्लामा पाँच बर्षमा मुख्य सडक कालोपत्रे गर्ने र पुल नभएर यातयात चलेनन भन्ने अवस्था नआउने गरि काम हुने आश्वासन पनि दिनुभयो । ‘यो चारबर्षमा पर्वतमा सबैले आश्चार्य मान्ने गरि काम हुन्छन’ उहाँले भन्नुभयो ‘स्थानिय तह र उद्यमीहरुले त्यसबाट फाइदा लिने गरि उद्यमशिलताको बिकास गर्ने योजना बनाउन जरुरी छ’

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले प्रदेशका ८५ वटै तहमा औधोगिक ग्राम बनाउने तयारी भएको बताउँदै उद्योगमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गर्नुभयो । पोखरा पछि पर्यटनको इपि सेन्टरको रुपमा पर्वतको कुस्मालाई बिकास गर्ने लक्ष्य लिइएको र पोखरा आउने पर्यटकलाई पर्वत सम्म आउने वातावरण बनाउन सरकारले ठुला योजना बनाउँदै गरेको जानकारी पनि दिनुभयो । अर्को प्रसंगमा मन्त्री लम्सालले सडक, खानेपानी, पर्यटन, लगायतका पुर्वाधारका क्षेत्रमा पर्वत जिल्लामा बितेका २५ बर्ष सम्म हुन नसकेको काम यो चार बर्षमा हुने दाबी पनि गर्नुभयो ।

प्रतिनिधीसभाका सदस्य पदम गिरीले सरकारले ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य हासिल हुनेगरि काम गरिरहेको हुँदा बिरोधीहरुले दुई चार दिन गर्ने हल्लाको कुनै औचित्य हुँदैन भन्नुभयो ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष उपाध्यक्ष चन्द्र ढकालले सरकारले निजी क्षेत्र संग सहकार्य गर्न सक्ने गरि निती तथा कार्यक्रम ल्याउन आग्रह गर्दै गण्डकी प्रदेशमा ठुला उद्योगहरु सञ्चालन गर्न निजी क्षेत्र इच्छुक रहेकाले त्यसका लागि वातावरण बनाउन सबै तहका सरकारले काम गर्नुपर्छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्