नेपाल प्रहरी श्रीमती संघद्वारा मेरुदण्डीय पक्षघात समूहलाई खाद्यान्न वितरण



काठमाडौं,
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती प्रमिला खनालले काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ माकलबारीस्थित मेरुदण्डीय पक्षघात समूह नेपाललाई विभिन्न खाद्यान्न तथा लत्ताकपडा वितरण गर्नुभएको छ ।

मेरुदण्डीय पक्षघात समूह नेपालमा शुक्रबार आयोजित एक कार्यक्रमवीच नेपाल प्रहरी श्रीमती संघकोतर्फबाट संघकी अध्यक्ष श्रीमती खनालले समूहका महासचिव केशब थापाको उपस्थितिमा विभिन्न खाद्यान्न तथा लत्ताकपडा वितरण गर्नुभएको हो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारी एवं मेरुदण्डीय पक्षघात समूह नेपालका पदाधिकारीहरु उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्