सडकमा सुतेका ५ जनाको उद्दार



हेटौंडा, (नेस) ।
हेटौंडाको सडक एवम् सार्वजनिकस्थलमा कष्टकर अबस्थामा सुतेका ५ जनाको उद्दार गरी मानवसेवा आश्रममा राखिएको छ ।

हेटौंडा उपमहानगरका सडक, पेटी एवम् सार्वजनिकस्थलहरुमा कष्टकर अबस्थामा सुतिरहेको अबस्थाबाट उनीहरुलाई उद्दार गरिएको हो ।

उद्दार सेवाकार्यमा जिल्ला समन्वय समिति प्रमुख एवम् मानवसेवा आश्रमका अभिभावक रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराई, मानवसेवा आश्रमका अभिभावक राज्य थापा (राजन) लगायत आश्रमका समर्पित अभियन्ताहरुको सहभागिता थियो ।

फागुन ४ गते मकवानपुर सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा हुने सन्दर्भमा नियमित सडकसेवा, रात्रिकालिन सेवा, दिवाकालिन सडक सेवाका साथै अबस्था अध्ययन गरिने जिल्ला समन्वय समिति प्रमुख खुलालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्