उजुरी पेटिका प्रयोग विहीन



किरन धामी, दार्चुला ।
सार्वजनिक सेवा प्रवाहमा ढीलासुस्ती तथा अनियमितता वारे सेवाग्राहीको गुनासोको सुनुवाई गर्न तथा नागरिकलाई प्रदान गरिने सेवा बारे उनीहरुका गुनासा संकलन गरी वस्तु तथा सेवा प्रवाहमा प्रभावकारीता ल्याउने उद्देश्यले हरेक सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले उजुरी पेटिका राखेका हुन्छन् । दार्चुलामा पनि सबै जसो कार्यालयहरुले उजुरी पेटिका राखेका भएपनि ति उजुरी पेटिकाहरु प्रयोग विहीन बनेका छन् ।

जिल्लाका मुख्य कार्यालय तथा अन्य ग्रामीण भेगहमा रहेका कार्यालयहरुमा राखएिका उजुरी पेटिका प्रयोग विहीन बनेका हुन् । चेतनाको अभावका कारण सेवाग्राहीहरुले उजुरी पेटिका प्रयोग नगरे पछि विभिन्न कार्यालयहरुले राखेका उजुरी पेटिकाहरु माकुराको जालोले भरिएका छन् ।

नागरीक संग प्रतक्ष सरोकार राख्ने तथा सेवा प्रवाह गर्ने सरकारी निकायहरुमा नागरिकहरुको गुनासा सम्बोधन गर्न उजुरी पेटीकाको खासै प्रयोग भएको छैन । अलिकति भए पनि विगतमा केहि सुझावहरु आउने गरेकोमा पछिल्लो समय भने लिखित गुनासा (उजुरी पेटिकामा) नआउने गरेको कार्यालयहरुले जनाएका छन् ।

ईन्टरनेटको विस्तार तथा सामाजिक सञ्जालहरुको बढी प्रयोग हुन थाले पछि उजुरी पेटिकाहरु प्रयोग विहिन बनेका हुन् । पछिल्लो समय सरकारी ताथ गैरसरकारी कार्यालयहरुले सम्बोधन गर्न सक्ने समस्या पनि उजुरी पेटीकामा नखसाल्ने तथा अख्तीयारमा उजुरी दिने प्रचलनको विकास भने पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्