समलिंगी ¥यापरलाई आठ गोली हानियो



सान हुवाँ,(एजेन्सी)
चर्चित ¥यापर तथा समलिंगी समदयाको पक्षमा खुलेरै वकालत गर्दै आएका २४ वर्षिय समलिंगी केभिन फ्रेटको प्युयर्टो रिकोमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।

ल्याटिन ट्रयाप संगीतका पहिलो समलिंगी कलाकारको नामले चिनिने फे्रटको विहिवार राजधानी सान हुवाँमा हत्या भएको स्थानिय प्रशासनले पुष्टि गरेको छ । सडकमा मोटरसाइकल चलाउँदै गरेको अवस्थामा उनको टटाउको र नितम्वमा आठवटा गोली हानिएको बताइएको छ ।
ड्ड यस वर्षको अहिले सम्म उनको सहित प्युयर्टो रिकोमा हत्या हुनेको संख्या २२ पुगेको प्रहरीले जनाएको छ । फ्रेटका मयानेजरले उनको हत्याको पुष्टि गर्दै भनेका छन् , ‘ यसरी असामयिक रुपमा त्यतिका सपना बोकेका व्यक्ति हामीबाट सदाका लागि टाढिन पुगेको दुख र पिडालाई शब्दमा बयान गर्न सकिन्न । ’

उनलाई स्थानिय समय अनुसार बिहान ५ बजेर ३० मिनेट जाँदा आक्रमण गरिएको हो । घाएते अवस्थामा तत्काल अस्पताल पु¥याइँदा चिििकत्सकहरुले उनलाई मृत घोषणा गरेका थिए । उनको हत्याको उद्देश्य स्पष्ट हुन सकेको छैन । प्हरीले अनुसन्धान शुरु गरिसकेको छ ।

ड्ड प्रहरीले हमलाकोबेला फ्रेटसंग मोटरसाइकलमा सवार एक व्यक्तिको खोजि गरिरहेको छ । केहि समय यता क्यारिवियन टापु प्युयर्टो रिकोका सडकहरुमा हिंसात्मक घटनामा निकै वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्