बेजोसको सम्बन्ध विच्छेदमा ट्रम्पको सुभकामना



वासिङटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले आफना प्रतिद्वन्द्वी अमेजोन प्रमुख कार्यकारी जेफ बेजोसलाई लगातार निसाना साध्ने क्रममा हुने आफनो जोसमा केही संयमता अपनाएका छन् ।

वैवाहिक जीवनमा पारपाचुकेको अनुभव रहेका राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा बेजोसको सम्बन्धविच्छेदका विषयमा एक पत्रकारले सोधेका थिए । जवाफमा ट्रम्पले भने–‘ ठीक छ, म उनलाई सुभकामना दिन्छु । यो राम्रो हुन गइरहेको हो ।


बेजोस र उनकी पत्नी मेकेन्जी बेजोसले बुधबार आफनो २५ बर्ष लामो बैवाहिक सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेको घोषणा गरेका थिए ।

दुई पटक सम्बन्ध विच्छेद गरिसकेका ट्रम्पको बेजोस र अमेजोनसँगको झगडाको लामो इतिहास रहेको छ । राष्ट्रपतिको प्राय आलोचना गरिरहेने वासिङटन पोस्टको मालिक भएकोमा बेजोसमाथि ट्रम्पले पटक पटक विषबमन गरेका छन् ।

अमेजनले उसको सेवाका लागि आवश्यक हुलाक दर तिर्ने नगरेको आरोप उनले लगाउने गरेको छ । तर सन् २०१४ मा ट्रम्पले आफना फलोअर्सहरुलाई बेजोसलाई उदृत गर्दै भनेका थिए , आलोचना कहिल्यै नरुचाउनेले नयाँ कुरा पनि कहिल्यै गर्दैन ।

२५ बर्षको वैवाहिक जीवनपछि सम्बन्ध विच्छेद
विश्वकै सबैभन्दा ठुलो अनलाइन ब्यापार गरिरहेको अमेजन कम्पनीका सीईओ जेफ बेजोस र उनकी पत्नी मेमेन्जी बजोस सम्बन्ध विच्छेदको तयारीमा पुगेका छन् । उनीहरु बीचको वैवाहिक सम्बन्ध २५ बर्ष भइसकेको छ ।

दुबैले ट्विटरमा यस सम्बन्धमा एक साझा बिज्ञप्ती जारी गरेका छन् । उक्त विज्ञप्तीमा लेखेकिएको थिए, लामा समस एक अर्कासँग प्रेमपुर्वक रहेको र केही समयका लागि दुरीको अनुभव गरेपछि हामीले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छौं । हामी राम्रो मित्र भएर बस्नेछौं ।

हालै मात्र अमेजन कम्पनीले एउटा उत्कृष्ट उपलब्धी हात पारेको थियो । अमेजन माइक्रोसफ्टलाई पछाडी पार्दै विश्वको सबैभन्दा धरै सम्पती भएको कम्पनी बनेको थियो ।

५४ बर्षिय जेफ बेजोसले २५ बर्ष अगाडी अमेजन कम्पनीको सुरुवाट गरेका थिए । ब्लुमबर्गमा धनाध्यहरुको सुचीमा बेजोस सबैभन्दा माथि परेका छन् । उनको कुल सम्पती १ खर्ब ३७ अर्ब डलर सम्पती रहेको बताइएको छ । यो माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सको भन्दा ४५ अर्बले बढी हो ।
अर्कोतिर ४८ बर्षिय मेकेन्जी एक साहित्यकार हुन् । उनले दुई किताब लेखेकी छिन् । जसमा सन् २००५ मा प्रकाशित द टेस्टिंग अफ लुथर र सन् २०१३ मा आएको ट्य्राप्स पर्छन् ।

आफनो संयुक्त विज्ञप्तीमा ती जोडीले एक अर्काको साथ पाएकोमा उनीहरु दुबैले आफुलाई अत्यन्त भाग्यमानी थानेको उल्लेख गरेका छन् । विवाहपछि यति धेरै बर्ष सँगै विताएकोमा आफुहरु एक अर्काप्रति ह्रदय देखि आभारी रहेको पनि उल्लेख गरेका छन् ।

वैवाहिक जोडीका रुपमा आफनो भविष्य सजाएकोे, आफुहरुले राम्रको मातापिता, मित्र र साथीका रुपमा आ–आफनो भुमिका निभाएको उनीहरुले बताए । कयौं परियोजनामा सँगै काम गरेको र त्यसमा अत्यन्तै आनन्द पनि भएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

विज्ञप्तीमा भनेका छन्– अब हाम्रो सम्बन्धको नाम परिवर्तन भएपनि हामी एकै परिवारमा बस्नेछौं , हामी एक अर्काको अत्यन्त राम्रो मित्र भएर बस्नेछौं ।
गत बर्ष यी जोडीले एक च्यारिटी कार्यक्रमको सुरुवाट गरेका थिए ।

उक्त कार्यक्रमको नाम द डे वन थियो । कार्यक्रमको उद्देस्य घरबार विहिन परिवारलाई मद्दत गर्नु र गरिब बच्चाहरुका लागि विद्यालय निर्माण गर्नु थियो ।
जेफ र मेकेन्जीका ४ सन्तान छन् । तीन छोरा र एक धर्मपुत्रीका रुपमा लिइएकी छोरी । सन् २०१३ मा मेकेन्जीले वोग पत्रिकालाई जेफसँग उनको भेटघात जागिरका लागि एक अन्तरवार्ताका क्रममा भएको बताएकी थिइन् । जेफले त्यतिबेला अन्तरवार्ता लिइरहेका थिए ।

तीन महिनासम्म सँगै बसेपछि सन् १९९३ मा उनीहरुले विवाह गरेका थिए । त्यसको एक बर्ष पछि जेफले अमेजन कम्पनीको सुरुवाट गरेका थिए । त्यतिबेला अमेजनमा पुस्तकहरु मात्र अनलाई विक्री हुने गथ्र्यो ।

विस्तारै विस्तारै उक्त कम्पनीले आफनो विस्तार गर्दै लगे र विश्वको सबैभन्दा ठुलो इ–कमर्स कम्पनी बने । यसै हप्ता सोमबार अमेरिकाको स्टक मार्केट बन्द हुँदा अमेजनको कुल मुल्य ७ खर्ब ९७ अर्ब डलर थियो । त्यतिबेला माइक्रोसफ्टको मुल्य ७ खर्ब ८९ अर्ब थियो ।

प्रतिक्रिया दिनुहोस्