एपीएफ र न्युडायमण्डबीच उपाधि भिड्न्त



काठमाडौं, (नेस)
हो¨वान्जी न्युडायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा चिर प्रतिद्धन्द्धी एपीएफ र आयोजक न्युडायमण्ड एकेडेमीबीच उपाधि भिड्न्त पक्का भएको छ ।

शुक्रवार भएको पहिलो सेमिफाईनल खेलमा एपीएफले नेपाल पुलिसलाई ३–१ को सेटमा हरायो । सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा एपीएफले पुलिसलाई २७–२५,२५–९,२२–२५ र २५–२१ को सेटमा हरायो । दोश्रो सेमिफाईनलमा न्युडायमण्डले टप्स उमाबी पोखरालाई ३–० को सोझो सेटमा स्तब्ध बनायो ।

प्रतिक्रिया दिनुहोस्