मुलरलाई दुई खेलमा प्रतिबन्ध



लन्डन, (एजेन्सी)
बायर्न म्युनिखका फरवार्ड थोमास मुलरलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ । मुलरले च्याम्पियन्स लिगअन्तर्ग समूह चरणमा आयक्सका निकोलास टागलीयाफीकोको टाउकोमा लाग्ने गरी किक हानेका थिए ।

उनले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ मा लिभरपुलविरुद्ध १९ फेबु्रवरीमा एनफिल्ड र म्युनिखमा १३ मार्चमा हुने खेलमा सहभागि हुन पाउने छैनन् । सोसल मिडियामा मुलरले निकोलासको टाउकोमा खुट्टाले हानिरहेको तस्वीर भाइरल भएको थियो । तर यसका लागि मुलरले जानी जानी नहानेको भन्दै माफी समेत माँगेका थिए ।

प्रतिक्रिया दिनुहोस्