हिमालयन बैंकले पनि शुरु ग¥यो मास्टरकार्ड



काठमाडौं, (नेस)
हिमालयन बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक मास्टरकार्डको अत्याधुनिक र थप सुरक्षित चिप र पिन प्रविधियुक्त डेबिट कार्डको शुरुआत गरेकोे छ । हिमालयन बैंकका ग्राहकले मास्टरकार्डबाट कारोबार गरी सामान खरिद गर्दा वा रकम भुक्तानी गर्दा विभिन्न मर्चेंटमा (होटल, रेष्टुराँ, पबलगायत अन्य पसल) २० प्रतिशतसम्म छुट पाउने छन् ।

यसै सन्दर्भमा बैंकले नयाँ खाता खोल्ने ग्राहकका लागि सो कार्ड निःशुल्क प्रदान गर्ने बैंकले जनाएको छ । साथै उक्त कार्ड देशभरका कुनै पनि पस मेसिनमा प्रयोग गरी सामान खरिद गरेमा आकर्षक नगद फिर्ता पाउने छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र मास्टरकार्डका तर्फबाट दक्षिण एसिया क्षेत्रिय प्रमुख पोरुष सिंहले उक्त कार्डको सेवा शुभारम्भ भएको घोषणा गर्नुभएको हो ।

उक्त अबसरमा बोल्दै बैंकका कार्यकारी प्रमुख राणाले मास्टरकार्डसंँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्नु भयो र उक्त कार्डद्वारा बैंकका ग्राहकले अझ बढी सेवा सुविधा सुरक्षित रुपमा पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले उक्त कार्ड अत्याधुनिक चिप र पिनबाट सुसज्जित रहेको र नयाँ खाता खोल्दा ग्राहकका लागि निःशुल्क प्रदान गर्ने जानकारी गराउनु भयो । ग्राहकहरुले उक्त कार्ड नेपाल तथा भारतका प्रायःजसो एटीएम र पस मेसिनमा प्रयोग गर्न सक्नेछन् ।

उक्त अवसरमा मास्टरकार्डका तर्फबाट पोरुष सिंहले पछिल्ला वर्षहरुमा नेपालले डिजिटल भुक्तानी प्रणालीमा र कार्डको प्रयोगमा उच्च प्रगति गरेको हुँदा मास्टरकार्डले उक्त प्रगति पथमा हिमालयन बैंकसंँग सहकार्य गर्न पाउदा गौरवान्भित भएको बताएका छन् । उनले डेबिट कार्ड डिजिटल युगको प्रणालीमा अभिन्न अंग रहेको विश्वास गरेका छन् ।

हिमालयन बैंकका ग्राहकले आफ्ना ५७ वटै शाखाबाट उक्त कार्ड लिन सक्ने तथा १११ वटा एटीएम मार्फत प्रयोग गर्न सक्ने छन् । साथै उक्त कार्ड नेपाल र भारतका पस मेसिनहरुमा प्रयोग गर्दा कुनै पनि शुल्क नलाग्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्