अपर हेवाखोला हाइड्रोपावर कम्पनीले आईपीओ जारी गर्ने



काठमाडौं, (नेस)
अपर हेवाखोला हाइड्रोपावर कम्पनीले २० लाख कित्ता शेयर सार्वजनिक निष्काशन गर्न एनएमबि क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ । यससम्बन्धी सम्झौतामा कम्पनीका प्रबन्ध सञ्चालक डेडराज खड्का र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका निमित्त प्रमुख कार्यकारी अधिकृत कमलप्रसाद नेपालले हस्ताक्षर गर्नुभएको छ ।

कम्पनीको प्रदेश नम्बर १ अन्तर्गत संखुवासभाको पाँचखपन र चैनपुर नगरपालिका भएर बहने हेवाखोलामा ८ दशमलव ५ मेगावाट क्षमताको जलविद्युत् आयोजना अहिले निर्माणको चरणमा रहेको छ । कम्पनीले ५ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र बाँकी १५ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिने जानकारी दिएको छ ।

आगामी मंसिरसम्ममा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई शेयर जारी गरी फागुन मसान्तभित्रमा सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्