बाहना बनाएर चिनीको मूल्य बढाउन खोजेको आरोप



काठमाडौं, (नेस)
पछिल्ला १० वर्षमा विश्व बजारमा सबैभन्दा कम मँल्यमा चिनी उत्पादन तथा बिक्री वितरण भइरहेको भए पनि नेपालका चिनी उद्योगीले अनेक बहाना बनाएर सरकारलाई दबाबमा दिई चिनीको मँल्यवृद्धि गर्न
खोजिएको भन्दै अनुचित माग क्रियाकलापविरुद्ध कारबाही माग गरिएको छ । राष्ट्रिय उपभोक्ता मञ्च नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दर्ता गर्दै सो माग गरेको हो ।

मञ्चले वाणिज्य, आपँर्ति तथा उपभोक्ता संरक्षण विभागको छानविन टोलीले समेत उद्योगीहरुले चिनीमा अनुचित मँल्य कायम गरी कालोबजारी गरेको भन्ने रिपोर्ट पेस गर्दा गर्दै चिनी उद्योगीको मात्रै कुरा सुनेर सरकारले उपभोक्ताहित विपरित असोजमा चिनी आयातमा बन्देज लगाउने निर्णय गरेको जनाएको छ । जसका कारण चिनी उद्योगीले एकातिर उपभोक्तालाई मँल्यमा ठगी रहेको छ भने अर्कोतिर उखु उत्पादक किसानलाई उत्पादनको उचित मँल्य वर्षौसम्म भुक्तानी पाउन नदिँदा आर्थिक रुपमा ठँलो शोषण भई रहेको मञ्चको भनाइ छ ।
सरकारको चिनी उत्पादनमा २ वर्षभित्र आत्मनिर्भर हुने अठोटमा चिनी उद्योगहरुले अबरोध गर्दै आएको भन्दै मञ्चले खुला र प्रतिस्पर्धात्मक बजार नीति विपरीत चिनी उद्योगले असोजमा लगाइएको परिमाणात्मक बन्देजलाई कायम नै राख्न लगाई आफनो उत्पादनको मँल्य बढाउने कोशिस पुनः गर्न लागेको मञ्चले जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस्