सहकारीकाे राष्ट्रिय कार्यशाला सम्पन्न



नेपाल समाचारपत्र, काठमाडौं
सहकारीकर्मीले सहकारी संस्थासंस्थामार्फत उद्यमशीलता विकासका लागि संघीय, प्रदेश र स्थानीय तहका कानुनलाई सहकारीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सहकारी स्थानीय तहदेखि प्रदेश र संघसँम्मको क्षेत्र अधिकारभित्र रहेकाले सबै तहमा बन्ने सबै क्षेत्रका कानुनलाई सहकारीमैत्री बनाउनका लागि सामँहिक पहल गर्ने सहकारीकर्मीले प्रतिबद्धता जनाएका हुन् ।

राष्ट्रिय सहकारी महासंघको आयोजना तथा भँमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा काठमाडौंमा शुक्रबार सम्पन्न सहकारी उद्यम प्रवद्र्धन राष्ट्रिय कार्यशाला गोष्ठीमा सो प्रतिबद्धता व्यक्त गरिएको हो ।
गोष्ठी पाँच बुँदे काठमाडौं घोषणापत्र २०७५ जारी गरी सम्पन्न भएको छ ।

बिहीबारदेखि शुरु भएको सो गोष्ठीले सबै क्षेत्रमा सहकारीको च्यानल प्रवेशमा बाधा पु¥याउने कानुनलाई संशोधनका लागि सामँहिक प्रयोग गर्ने प्रतिबद्धता जनाएको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘सहकारी जागरणको चरणबाट माथि उठिसकेका छन् । अब उद्यमशीलतामार्फत दिगो अर्थतन्त्र निर्माणमा भँमिका खेल्न चाहान्छन् ।

यसका लागि सबै उद्योग धन्दामा सहकारीको प्रवेशका लागि जहाँ–जहाँ कानुनी अड्चन छन् त्यसलाई हटाउनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’
घोषणापत्रमा नवीन प्रविधिको प्रयोगमार्फत सहकारी संघसंस्थाका व्यवसायलाई प्रतिस्पर्धी बनाउँदै मुलुकभित्रै रोजगार सिर्जना गर्ने संकल्प समेत गरिएको छ ।
त्यसैगरी सहकारी–सहकारीबीचको सहकार्यलाई सवल बनाई मँल्य शृखलामार्फत प्रशोधन तथा बजारीकरण गर्दै लघु, मझौला र ठँला उद्योगहरु सञ्चालन गर्ने समेत घोषणपत्रमा उल्लेख छ ।

सहकारीमार्फत आत्मनिर्भर र समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्न सहकारीको योगदान वृद्धि गर्दै २०३० मा हासिल गर्ने दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकार्य र समन्वय गर्ने प्रतिबद्धता समेत घोषणपत्रमा व्यक्त गरिएको छ ।

सो गोष्ठीको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गर्नुभएको थियो भने समापन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा पँर्वमन्त्री केशव बडालले गर्नुभयो । गोष्ठीमा भँमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालील सहकारी उद्यमशीलता प्रवद्र्धनका लागि विद्यमान कानुनी व्यवस्था विषय कार्यपत्र प्रस्तुत गर्नुभयो ।

त्यस्तै पँर्वमन्त्री गणेश साहले उद्यमशीलता विकासमा नवीन प्रविधिको प्रयोग विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । मानव चेतना एवं योग विज्ञान विशेषज्ञ डा. राजु अधिकारीले व्यावसायिक सफलताको लागि सकारात्मक सोचको विकास विषय प्रस्तुती गर्नुभयो । अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका कार्यक्रम संयोजक नवीन कर्णले सहकारी–सहकारीबिचको व्यवसायः सम्भावना र चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उद्यमशीलता विज्ञ तथा क्यारियर परामर्शदाता तारा ढकाललले सहकारीमार्फत लद्यु उद्यम प्रवद्र्धन विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गोष्ठीमा २ सय ३० भन्दा बढी सहकारीकर्मी, सरकारी तथा सरोकारवाला निकायको प्रतिनिधित्व रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्