राष्ट्रिय आयमा प्रदेश–३ को योगदान ३२ प्रतिशत



नेपाल समाचारपत्र, हेटौंडा
देशका अन्य प्रदेशमध्ये सबै सँचकांकमा प्रदेश–३ अगाडि रहेको देखिएको छ । प्रतिव्यक्ति आय, श्रमिकको उत्पादकत्व र रोजगारी, कुल गार्हस्थ उत्पादनलगायत आधारमा प्रदेश–३ सबैप्रदेश भन्दा अगाडि रहेको नेपाल राष्ट्र बैंकले जनाएको हो ।

कुल राष्ट्रिय आयमा प्रदेश–३ को योगदान ३१ दशमलव ९ प्रतिशत रहेको जनाइएको छ । नेपालको समग्र प्रतिव्यक्ति आय ७ सय १८ अमेरिकी डलर रहेकोमा प्रदेश–३ को प्रतिव्यक्ति आय १ हजार ९३ डलर रहेको बताइएको छ । प्रदेश–३ मा कुल जनसंख्याको २० दशमलव ९ प्रतिशत् अर्थात् करिब ५५ लाखको बसोबास छ ।

शुक्रबार ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा आयोजित संघीय संरचनामा आर्थिक गतिविधि अध्ययन सम्बन्धी अन्तत्र्रिmयामा राष्ट्र बैंंकको अनुसन्धान विभागले सबै सँचकांकमा प्रदेश–३ अगाडि रहेको र त्यसलाई कायम राख्दै अझ अघि बढ्न चुनौती रहेको औंल्याएको हो ।

कार्यक्रममा वक्ताहरुले देश संघीय संरचनामा गइसकेपछि चुस्तदुरुस्त ढंगले आर्थिक तथ्यांक संकलन गर्नु उत्तिकै चुनौती रहेको भन्दै तथ्यांक संकलनमा सजगता अपनाउन सुझाएका थिए ।

प्रदेशले देशको कुल गार्हस्थ उत्पादनको ३१ दशमलव ९ प्रतिशत योगदान रहेको राष्ट्र बैंकको अनुसन्धान विभागका निर्देशक हिमप्रसाद न्यौपानेले बताउनुभयो ।

मुलुकको कुल कृषि उत्पादनमा प्रदेश–३ को ३१ प्रतिशत योगदान छ । सेवाक्षेत्रको उत्पादनमा प्रदेशको ४४ दशमलव ५ प्रतिशत योगदान रहेको जनाइएको छ । सबैभन्दा बढी उद्योग यसै प्रदेशमा छन् । जलविद्युत् उत्पादनमा प्रदेश–४ पछि दोस्रो महत्वपँर्ण प्रदेश पनि प्रदेश–३ रहेको देखिएको छ ।

हाल उत्पादित जलविद्युत्मा करिब ३६ प्रतिशत योगदान यस प्रदेशको छ । प्रदेशमा करिब २३ सय मेगावाट क्षमताका आयोजना निर्माणाधीन रहेको जनाइएको छ । बैंकिङ क्षेत्रको निक्षेप संकलनमा यस क्षेत्रको योगदान करिब ७२ प्रतिशत र कर्जा परिचालनमा ५७ प्रतिशत छ ।

स्थानीय आयका दृष्टिबाट हेर्दा २९ दशमलव १४ प्रतिशत यस प्रदेशले आम्दानी गर्ने गरेको देखिन्छ । वित्तीय आयोगका अनुसार आव २०७०÷७१ मा राजस्व बाँडफाँडमा प्रदेशको १९ दशमलव ६३ प्रतिशत योगदान छ । २०६९÷७० को कृषि मन्त्रालयबाट प्रकाशित तथ्यांकलाई आधार लिने हो भने यस प्रदेश कृषि उत्पादनका दृष्टिबाट पहिलोे नम्बरमा पर्छ । प्रदेशमा ४ हजार ३ सय ३५ उद्योग र ३८ जलविद्युत् आयोजना छन् भने ३.१६ लाख मानिसले रोजगारी प्राप्त गरेका छन् ।

कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बन्दुक र राँको बोकेर आएको परिवर्तनलाई संस्थागत गर्न अब कुटो र कोदालो बोकेर आर्थिक समृद्धिको दिशामा लम्किनुपर्ने बताउनुभयो । मन्त्री ढुंगेलले भन्नुभयो–‘सबै नेपालीको एउटै कार्यदिशा आर्थिक समृद्धि हो । त्यसको आधार उद्योग, कृषि र पर्यटन हो । प्रदेशको आर्थिक वृद्धिदर बढाएर जीवनस्तर सुधार गर्नेतर्फ ध्यान जानुपर्ने भन्दै उहाँले कृषि क्षेत्रका उत्पादनको बजारीकरणमा दलालहरु सक्रिय भएको दाबी गर्नुभयो ।

बैंकका वीरगञ्ज क्षेत्रीय कार्यालय प्रमुख रवीन्द्र महर्जनले राष्ट्र बैंकको संरचना र काम÷कारबाहीहरु संघीय संरचनामा गइनसकेकाले केही अन्योलता रहेको बताउनुभयो । संघीय संरचनाअनुसार राष्ट्र बैंकले छिट्टै आफ्ना काम गर्नुपर्नेमा उहाँको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्