उर्मिलाको ‘दिलको गजुर’ विमोचित



मोतीराम तिमल्सिना
काभ्रे । बनेपामा जुनकिरी सिर्जना बाचन तथा उर्मिला कोईरालाको गीतिसंग्रह ‘दिलको गजुर’ लोकार्पण गरिएको छ । पनौती–१० खोपासीमा जन्मिई नमोबुद्ध नगरपालिका स्थायी घर भएकी उर्मिला बालकोट भक्तपुरमा बस्दै आएकी उर्मिला कोईरालाले २०७० मा ई–प्रतिनिधि संयुक्त गजल संग्रह र २०७१ मा हैसियत संयुक्त गजल संग्रह प्रकाशन गरिसकेकी छिन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानबाट २०७४ सालमा राष्ट्रिय कविता महोत्सवमा तृतिय पुरस्कार प्राप्त गरिसकेकी उनले २०७१ सालमा बद्रीनाथ अभिनव छन्दोवद्ध कवितामा प्रथम पुरस्कार प्राप्त गरेकी छिन् । उनको हालै प्रकाशित गीतिसंग्रह ‘दिलको गजुर’मा १ सय १ वटा गित समेटिएको छ । जूनकिरी साहित्यीक अभियान, काभ्रेले प्रकाशन गरेको उक्त गीतिसंग्रहको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायसहित अन्य साहित्यकारले लोकार्पण गरेका थिए । कार्यक्रममा बोल्दै उपााध्यायले नेपालको लोक संस्कृति र साहित्यिक अभियानलाई निरन्तरता दिन प्रतिभाहरुको सम्मान गर्नुपर्ने बताएका थिए ।

विशेष अतिथी बरिष्ठ साहित्यकार मोहन दुवाल, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, अभियानका अध्यक्ष माधव काभ्रेली, कार्यक्रम संयोजक नवराज घायल योद्धा, पुष्प अधिकारी ‘अन्जान’, छविरमण सिलवाल, सुर्यप्रसाद लाकोजु लगायतका कविहरुले समेत दिलको गजुरको विमोचन गरेका थिए ।

रविन विष्ट, अनामिका लगायतले जूनकिरी साहित्यीक अभियानले जिल्लामा पु¥याएको योगदान र साहित्य क्षेत्रका बारेमा चर्चा गरेका थिए । दिलको गजुरमा कहाँ गयौ, शिरको सिउँदो, हिमालजस्तो, किन बढ्छ, देख्ने नाता, मान्छे भित्र, धुरुधुरु रोउँ, माया मारी, गुमाएर सबै थोक, नपाउन्जेल, तिमीलाई सम्झेर, तिमीले त सब थोक लगायतका शिर्षकमा गितहरु समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्