२२ पेनाल्टीमा मोनाको जित



पेरिस, (एजेन्सी)
२२ पेनाल्टी प्रहार भएकोमा गोलकिपरले विजयी गोल गरेपछि मोनाको फ्रेन्च लिग कपको सेमिफाइनलमा पुगेको छ।
थिइरी हेनरीको टोली मोनाकोले बिहीबार राति म्याराथन पेनाल्टी शुटआउटमा रेनेसमाथि ८–७ ले जित हात पा¥यो । मोनाकोका २० वर्षीय गोलकिपर लोइक बाडीयाशाइल सो खेलका नायक बनेका थिए । उनले ३ पेनाल्टी बचाए भने २२औं पेनाल्टी प्रहारमा गोल गरेका थिए । यसअघि निर्धारित समयमा खेल १–१ बराबरीमा सकिएको थियो ।

दुबै टोलीले ५÷५ पेनाल्टी प्रहार गर्दा २÷२ पेनाल्टी मिस गरेका थिए । यसपछि सडेन डेथमा गोल हुँदै जाँदा मैदानमा नखेलेका खेलाडीले समेत पेनाल्टी हान्न मौका पाए । अन्तिममा ७–७ बराबरी हुँदा रेनेसका गोलकिपर टोमास काउबेकको प्रहार आकासियो र बाडियाशाइलले पेनाल्टी गोल गरे । यस्तै अघिल्ला ५ सिजनमा उपाधि जितेको पेरिस सेन्ट जर्मेन भने गुइनगेम्पसँग हारेको थियो ।

प्रतिक्रिया दिनुहोस्