प्वाल कम्पनी



आयल निगम नाम मात्रैको हो, खासमा सो संस्था त घायल निगम हो। जुन सरकार आए पनि निगमको घाउ मेटिन्न, महलम पट्टी लगाउने कोही हुन्न, सधैं घायल मात्रै हुन्छ। जताततै प्वालैप्वाल रहेकाले निगम निकै घायल बनेको अहिलेका आयलमन्त्री यादवले बुझेछन्।
निगमको ४९औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री यादवले भने– ‘निगममा प्वालैप्वाल परेको छ, तेलमा प्वाल परेपछि कति चुहिन्छ, ढुवानीकर्ता, ट्यांकर चालक, प्रशासक, विक्रेता, सचिवमन्त्री पनि सबैले प्वालमा भाँडो थापेकै छन्।’ यसअघिका दर्जनौं आयलमन्त्री यो मामिलामा गुपचुप रहे तर ढिलै भए पनि उनले प्वाल पत्ता लगाए छन्।

निगमको प्वाल टाल्दा–टाल्दा आफू हैरान भएको उनले बताए। त्यही हैरानी सहन नसकेर हो क्यार निगममा उनले पौडेल थरका नयाँ आर्किटेक्ट भिœयाएर प्वाल टाल्ने रणनीति बुन्या छन्। वर्षौंसम्म घाटामा गएको उदयपुर सिमेन्ट उद्योगलाई पौडेलले उँभो लगाए जस्तो निगमको घाउ पुर्न सजिलोचाहिँ पक्कै छैन। आखिर मन्त्रीले टाल्न नसक्या प्वाल न प¥यो। अनि अब मन्त्री नै खत्रक्क गलेर खुलेआम अनगिन्ती प्वालले हैरान बनायो, लौ सबै जुटौं प्वाल टाल्न भनेसी निगमको नाम घायल मात्रै हो र प्वाल कम्पनी राखे हुन्न रु

प्रतिक्रिया दिनुहोस्