साइपाल एकेडेमी फाइनलमा



काठमाडौं, (नेस)
डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमी तेस्रो बुम महिला बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेको छ।
विशाल मिलन केन्द्र (बीएमके) र एनसीसीएसद्वारा संयुक्त आयोजित प्रतियोगिताको क्वालिफायरमा साइपालले समृद्धि गोरिल्लाजलाई ५४–३२ ले पराजित ग¥यो। साइपालकी सविता लुइँटेलले १४ अंक जोडिन्। समृद्धि राउन्ड रोविन लिगमा पनि साइपालसँग ४३–३६ ले चुकेको थियो।

साइपालले शुरूमा तीन क्वार्टरमा १४–८, १०–४ र १८–८ को अग्रता लियो। चौथो तथा अन्तिम क्वार्टर १२–१२ को बराबरीमा सकियो।
हारका बाबजुद समृद्धिले फाइनल प्रवेशका लागि काठमाठौं नर्थ पोल बास्केटबल क्लब प्लेअफ खेल्ने अवसर पाउनेछ। शुक्रबार हुने प्लेअफको विजेताले उपाधिका लागि साइपालसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।

नर्थ पोलले आयोजक बीएमकेलाई ३९–२९ ले हराउँदै प्लेअफमा स्थान पक्का गरेको हो। नर्थ पोलकी सन्जु राईले १३ स्कोर गरिन्। राउन्ड रोविन लिगमा भने बीएमकेले नर्थ पोललाई ३२–२० ले पराजित गरेको थियो।

पहिलो क्वार्टरमा १४–६ को अग्रता लिएको नर्थ पोल दोस्रोमा १०–१० को बराबरीमा रोकियो। तेस्रो क्वार्टरमा नर्थ पोल ७–४ ले अगाडि र≈यो भने चौथोमा ८–९ को झीनो अन्तरले पछि प¥यो।

 

प्रतिक्रिया दिनुहोस्