विनीतालाई स्वर्ण



काठमाडौं, (नेस)
नेपालकी विनीता महर्जनले पाँचौं सगरमाथा अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा बिहीबार स्वर्ण जितेकी छन्।
महिला ५५ केजीको फाइनलमा विनीताले नेपालकै दिलाशा श्रेष्ठलाई पराजित गरिन्। नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो नक्सालद्वारा आयोजित प्रतियोगिताको पुरुष २३ केजीमा नेपालका रोयल लामा पहिलो भए। उनले फाइनलमा आफ्नै राष्ट्रका सोहन गौतमलाई हराए। महिला ४५ केजीको फाइनलमा बंगलादेशकी प्रिया चौहानले नेपालकी विनीता चपागाईंलाई पाखा लगाउँदै पहिलो भइन्। महिला २७ केजीमा भुटानकी खुसी गुरुङले स्वर्ण जितिन्।

फाइनलमा खुसीले नेपालकी सपना तामाङको चुनौती पन्छाइन्। प्रतियोगिताको नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्