नेपाल बंगलादेश बैंकको लाभांश पारित



काठमाडौं, (नेस)
नेपाल बंगलादेश बैंकको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त साधारणसभाले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफा तथा जगेडा कोषबाट शेयरधनीलाई १० दशमलव ५३ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) दिने प्रस्ताव स्वीकृत गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमदको सभापतित्वमा सम्पन्न भएको उक्त सभाले बैंकको उद्देश्यसंँग सम्बन्धित प्रबन्धपत्रमा रहेका दफाहरुको संशोधन पनि स्वीकृत गरेको छ।

गत आर्थिक वर्षमा बैंकले १ दशमलव १४ अर्ब खुद मुनाफा आर्जन गरेको थियो भने निक्षेप परिचालन ४८ दशमलव शून्य ५ अर्ब, कर्जा परिचालन ४३ दशमलव १३ अर्ब रहेको थियो। बैंकले आफ्ना ग्राहकलगायत सबैलाई आगामी दिनमा मर्चेन्ट बैंकिङ तथा स्टक ब्रोकर सेवा दिने उद्देश्यले सहायक कम्पनी स्थापना गर्ने जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्