फोटोसप बिग्रेको तस्वीर देखेर प्रम हाँसे



सिडनी, (एजेन्सी)
अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोर्रिसन आफ्नो वेबसाइटमा एउटा तस्वीरमा गरिएको असफल फोटोसप प्रयोग देखेर बुधबार हासेका छन्। आफ्नो परिवारसँग रहेको त्यस तस्वीरमा मोर्रिसनले बरु अनौठो खालको स्निकर लगाउन खोजेको जस्तो देखिन्छ।

इन्टरनेट प्रयोगकर्ताहरुलाई सो तस्वीरमा देखिएका जुत्ता नक्कली हुन् भनेर ठम्याउन लामो समय लाग्दैन। यो वास्तविकता बुझेपछि सबैलाई पक्कै पनि थप मनोरञ्जन प्राप्त हुन्छ।

मोर्रिसनले आफ्नो कार्यालयमा कर्मचारीहरुसँग यस विषयमा ख्यालठट्टा गर्दै फोटोसप राम्ररी चलाउन नजान्ने व्यक्तिप्रति व्यंग्य पनि गरेका छन्। मोर्रिसनको कार्यालयले उनले पुरानो धर्के स्निकर लगाउँदै गरेको सक्कली तस्वीरसहितको भिडियो सार्वजनिक गरिसकेको छ।

अझै हाँसोलाग्दो कुरा के छ भने सो फोटोसप प्रयोग गर्नेले उनले दुइवटै बायाँ खुटाको जुत्ता लगाउन लागेको देखाउन खोजेका छन्। केही इन्टरनेट युजरले ती नक्कली जुत्तामा आफ्नै तस्वीर राखेर सम्पादनसमेत गर्न भ्याएका छन्।

 

प्रतिक्रिया दिनुहोस्