निर्माणमा बेथिति बढ्यो



विकास निर्माणमा बे थिति चर म रूपमा बढिरहेको छ। तर पनि बेथितिविरुद्ध जनताबाट खबरदारी कमै हुने गरेको छ। राजनीतिक उद्देश्यबाट प्रेरित अन्य आन्दोलन भए पनि विकासका नाममा धेरै आवाज उठ्न सकेका छैनन्। विकास निर्माणमा भइरहेको बेथितिविरुद्ध नागरिक हस्तक्षेप बढाउनुसबै नागरिकको दायित्व हो। त्यसैले, हरेक नागरिकले आफू बसोबास गर्ने ठाउँमा भइरहेको विकासको काममा सूचना लिन सक्छन् र खबरदारी गर्ने अधिकार पनि हरेक नागरिकको हुन्छ भन्ने बुझ्नुपर्छ। काम ढिलो हुनुमा पनि कारणहरू देखाए पनि मुख्य कारण सरकारी निकाय र निर्माण व्यवसायीको इच्छाशक्तिको अभाव नै हो। विकास योजनामा जति गरे पनि वहाना र कारणहरू देखाएर कारबाही नहुने परिपाटीले विकासको काम अपुरो हुने गरेको छ। कुनै घटना विशेषमा मात्र समस्या आउनु स्वाभाविक हो तर देशभरिमै एउटै प्रवृत्ति देखिनुले नियतमाथि नैै प्रश्न उब्जिन्छ।

विकासको कामले सुस्त गति लिए पनि भरपर्दो काम हुन सकिरहेको छैन। नियमनकारी निकायले अनुगमन नगर्दा विकासका कामले पूर्णता पाउन सकिरहेको छैन। जसले गर्दा विकासको काम दिगो भएका छैनन्। तसर्थ, विकास निर्माणमा नियमनकारी निकायलगायत नागरिक स्तरबाटै खबरदारी गरिनुपर्छ।
सरिता सुन्दास, भक्तपुर।

प्रतिक्रिया दिनुहोस्