‘राजा आऊ देश बचाऊ’को अन्तर्य




पविता मुडभरी पुडासैनी
केही दिनअघि पोखरा तथा चितवनमा भएको पूर्वराजा तथा युवराज पारसको भ्रमणमा ‘राजा आऊ देश बचाऊ’को चर्को नारा सुनेर विशेषतः कम्युनिस्ट नेता–नेतृहरू झस्किएको देखियो। राजाको चलखेल बढेकाले यसलाई रोक्नुपर्ने भन्दै कम्युनिस्ट नेता प्रचण्ड र प्रधानमन्त्री केपी ओलीले राजतन्त्र फर्कने सपना नदेख्न चेतावनी दिए। गणतन्त्र आएको दश वर्ष नबित्दै राजतन्त्रको वकालतसहित राजाको जय जयकार गर्दै जनता किन यसरी मोडिए रु के पूर्वराजाले बितेको एक दशकमा समाजसेवा, जनसेवा वा राष्ट्रोन्नतिका खातिर केही त्यस्तो राम्रो काम गरे र रु बितेको दशकमा राजा सभ्य शालीन नागरिकका रूपमा रहेका र पूर्वराजाको उन्माद र ओजको औंससम्म पनि नदेखाएको तर सत्तामा रहनेले देश तथा जनताका लागि केही नगरेको र भ्रष्टाचार, महँगी र अचाक्ली कर बढाउँदै राजसी ठाँटमा राष्ट्रिय ढुकुटी दोहन गरेकाले जनता राजातिर फर्किएका हुन्।

२०६५ जेठ १५ गते गणतन्त्र स्थापना भएसँगै राजसंस्था समाप्त भयो। ७ वर्ष राजा भई नवनेपाल निर्माण गर्न सहजै र शान्तिपूर्वक राजसंस्था त्यागेर पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक दलहरूलाई मार्गप्रशस्त गरेका हुन्। राजसंस्थालाई खर्चिने अथाह राष्ट्रिय ढुकुटी कर्णालीलगायतका क्षेत्रमा खर्च गरी तीव्र विकास गर्ने भनेर जनतालाई बाँडिएको आश्वासनको जनताले हिसाबकिताब खोज्ने समय आएको छ अब। राजसंस्थालाई खर्चिने गरेको रकम बितेको १० वर्षको अवधिमा कुन क्षेत्रमा लगानी भयो र कुन खातामा सावाँ ब्याजसहित कति रकम सञ्चित भएर रहेको छ हिसाबकिताब देखाउनुपर्छ अब। भोकानांगा विकासप्रेमी जनतालाई राजसंस्था हटाउन सके त्यहाँ खर्चने अथाह धनराशीले देश चाँडै सम्पन्न गरिने भन्ने आश्वासन बाँडेर राजतन्त्रविरुद्ध उक्साउने नेता–नेतृहरूले त्यस यता विकास निर्माणमा भएको लगानीको फेहरिस्ट जनतालाई बताउनुपर्छ।

जनतालाई सास्ती दिने र राष्ट्रिय ढुकुटीमाथि लुट मच्याउने दलगत प्रवृत्तिविरुद्धको आवाज हो ‘राजा आऊ देश बचाऊ’को अन्तर्य। यस्तो अवस्थामा राजा आऊको नागरिक आवाजभित्र बा≈य तथा आन्तरिक शक्तिको क्षणिक स्वार्थ पनि गाँसिएको हुन सक्ने सम्भावनाप्रति सतर्कता अपनाउन जरुरी छ। यस्तो अवस्थामा पूर्वराजा हतारिनु वा बढी हौसिनु अर्को दुर्घटना निम्त्याउनु हो।

विश्वमा राजतन्त्रको अन्त्य अधिकांश जनक्रान्ति र जनविद्रोह तथा जनमत संग्रहका क्रममा भएका छन् भने विश्वयुद्ध तथा सैनिक विद्रोहका कारण पनि भएका छन्। एकपटक ढलेका राजतन्त्र थोरै मात्र पुनःस्थापित भएका छन् भने पुनःस्थापित राजतन्त्र सबै सफल नभएको इतिहास पनि छ। युरोपका राजतन्त्र पुँजीवादी क्रान्तिका क्रममा समाप्त भए भने एसियाली देशका राजतन्त्र कम्युनिस्ट क्रान्तिका क्रममा समाप्त पारिएका देखिन्छन्। सन् १९४९ को कम्युनिस्ट क्रान्तिले चीनमा राजतन्त्र अन्त्य भयो भने भियतनाममा सन् १९७५ मा कम्युनिस्ट क्रान्तिसँगै ढलेको थियो। लाओसमा पनि कम्युनिस्ट क्रान्तिले नै राजतन्त्रलाई हटाएको थियो। धेरैजसो युरोपेली मुलुकमा विश्वयुद्धसँगै राजतन्त्र समाप्त भएको देखिन्छ। रुस, जर्मन, अस्ट्रिया, टर्कीका राजतन्त्र विश्वयुद्धकै क्रममा ढले। पोर्चुगलमा राजा कार्लोस प्रथमको हत्या भएको २ वर्षपछि सन् १९१० मा राजतन्त्रलाई विस्थापित गरिएको घटना नेपालसँग केही मिल्दोजुल्दो देखिन्छ। भारत, केन्या, तान्जानिया, जाम्बिया र जिम्बाबे जस्ता मुलुकमा मुक्ति आन्दोलनपछि मुलुक स्वतन्त्र भएसँगै राजतन्त्र पनि ढल्यो।

नेपालमा माओवादी जनयुद्ध,, राजदरबार हत्याकाण्डसँगै राजनीतिक पार्टीहरूको संयुक्त आन्दोलनबाट राजतन्त्र विस्थापित हुन पुग्यो। राजतन्त्रको अन्त्यसँगै अधिकांश देशमा गणतन्त्र लागू भएको तथा कम्युनिस्ट शासनको हालिमुहाली देखिए पनि विकास निर्माण र समृद्धिले गति लिनुभन्दा अशान्ति, विद्रोह, आतंक र अराजगताले देश ध्वस्त भएका उदाहरण प्रशस्तै छन्।

जनतालाई सास्ती दिने र राष्ट्रिय ढुकुटीमाथि लुट मच्याउने दलगत प्रवृत्तिविरुद्धको आवाज हो ‘राजा आऊ देश बचाऊ’को अन्तर्य। यस्तो अवस्थामा राजा आऊको नागरिक आवाजभित्र बा≈य तथा आन्तरिक शक्तिको क्षणिक स्वार्थ पनि गाँसिएको हुन सक्ने सम्भावनाप्रति सतर्कता अपनाउन जरुरी छ। यस्तो अवस्थामा पूर्वराजा हतारिनु वा बढी हौसिनु अर्को दुर्घटना निम्त्याउनु हो। नेपालको राजनीतिमा हरेक कालखण्डमा एउटा पार्टीको सरकारले राम्रो काम गर्न नसकेकै कारण असफल भइसके पनि अर्को राजनीतिक पार्टीलाई जिताई सत्तामा ल्याएको घटना बारम्बार दोहोरिएको छ। शोषित पीडित तथा गरिब विपन्नका मुक्तिका लागि कुनै नयाँ काम गर्नुभन्दा आफू आलिसान महल र ऐयासी शयलमा जीवन बिताउने कम्युनिस्ट नेताहरूको रवैयाबाट वाक्क–दिक्क भइसकेका छन् जनता।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्ला दिनको ऐयासी र विलासी जीवनशैलीले उनी कुन चरित्र र सिद्धान्तकी कम्युनिस्ट हुन् भन्ने प्रश्न उठ्छ रु राज्यको ढुकटीमा कम्युनिस्टको ऐयासी हर्दा ओली, प्रचण्ड र विद्यादेवीलाई कुन मोडलका कम्युनिस्ट भन्ने रु राजतन्त्रका सबै चरित्र र अवशेष शिरमा पहिरेर राजा मात्र फ्याँकेका हुन् तिनले।

जनताको शासनको युग हो यो। राणा र शाह शासनलाई गाली गर्ने र दोष लगाउने समय पनि रहेन अब। सबैजसो दलका प्रमुखलाई सत्तामा पु¥याइ सक्दा देश निर्माण तथा विकासको नाममा कसैबाट माखो मरेको छैन। शासन सञ्चालनको मौका पाउँदा राम्रो काम नगरेकाहरू पनि दोहो¥याएर प्रधानमन्त्री हुने थुप्रै छन्। गणतन्त्र स्थापनाका एक दशकमा आठ/दश जना प्रधानमन्त्री त्यसको दोब्बर तेब्बर संख्यामा उपप्रधानमन्त्री र तिनको लस्करलाई जनताको करले पोस्नु÷पाल्नु परेको अवस्थामा देशको समृद्धि कसरी होला ? राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा सांसदका लागि र तिनै तहका जम्बो जनप्रतिनिधिका लागि आवास बास, गाँस र राजकीय बसोबासका लागि मात्र अर्बौं रकम राष्ट्रिय ढुकुटीबाट खर्चिइसकेको अवस्थामा राष्ट्रिय समृद्धि कसरी होलारु

वर्तमान शासकीय संरचनासँगै शासन गर्नेको लस्करले राज्यकोषको दोहन गर्दै राज्यकोषबाट आवास खर्च, उपचार खर्च, गाडी तेल तथा मर्मत खर्च तथा तलब भत्ता र सुविधाको रकम लिनेको पंक्ति लामै भइसकेको छ। भीभीआईपीको चरम सेवा सुविधा उपभोग गरिरहेका पूर्वराष्ट्रिपतिले समेत ७० लाख रुपियाँ उपचार खर्च लिएर अमेरिका उपचार गर्न गएको तथा वर्तमान राष्ट्रपति चरम विलासितातर्फ लहसिइरहेको यथार्थले आगामी राष्ट्रपतीय शासन पद्धति कति महँगिने हो भन्ने चिन्ताको हुँडलो आम नागरिकमा चल्दै गर्दा राजसंंस्थाले मुन्टो उठाउनु के अनर्थ भयो र ?

पूर्वराजा ज्ञानेन्द्रको तत्कालीन बहिर्गमन अत्यन्त संयमित तनावरहित, दूरदर्शी र भद्रतापूर्ण देखिएको थियो। राजाले राजगद्दी त्याग्दाका भयानक क्षणको पूर्वानुमान अनुमानमै सीमित र≈यो। जनमत संग्रहबाट नभई आन्दोलनका बलमा फ्याकिएका राजाको त्यो भद्रता र संयमता विश्वकै लागि चकित पार्ने क्षण बन्यो। रक्तरञ्जित इतिहास बोकेको नेपालको राजसंस्था रक्तपातविहीन र शान्तिपूर्ण अन्त्यका कारण विश्वका लागि नमुना नै बन्यो। जसरी राजाले सजिलै सिंहासन छाडे त्यति सजिलो अवस्था त्यो अवश्य होइन।

अझ बिदाइका क्रममा एकदमै संयमित भई आफू विदेशमा नबस्ने र नेपालकै राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकता रक्षाका लागि सहयोगी भएर बस्ने प्रतिबद्धता जनाउनु तथा सत्ता विस्थापनको घाउलाई सहजै सहनु र नागरिक भएर बस्नुपर्दाको मानसिक पीडा लुकाउन सक्नु कम्ती चानचुने होइन। सत्ताच्यूत हुँदा बस्नका लागि नागार्जुन दरबार माग्नु र सहजै राजगद्दी त्याग्नुले तत्कालीन राजनीतिक परिस्थितिलाई सहज बनाइदिएको गुनको मूल्य राजनीतिक दलहरूले चुक्ता गर्न सकेको भए देशले सही मार्ग लिइसकेको हुन्थ्यो। तर, आफ्नो असफलतालाई समेत स्वीकारेर बिदाइ भएका राजालाई फेरि किन गुहार्दै छन् जनता ?

राजतन्त्र फर्काउँदा नारायणहिटीको धमिरा माकुराका जाला कसिंगर मिल्काउन र अर्को आलिसान दरबार बनाउन मात्र फेरि राज्यकोषबाट उसै गरी अर्बौं रकम स्वाहा हुन्छ। अर्को दशक जनताको रगत र पसिनाको मूल्य राजाको राजकीय सम्मान र ऐयासीमा मात्र खर्च हुनेमा संका छैन, अनि अर्को दशकमा नै जनताले राजतन्त्र फर्काएको तीतो परिणाम व्यहोर्नु नपर्ला भन्ने के ग्यारेन्टी छ र ?

विकास निर्माणको गति अति मन्द छ। हत्या, हिंसा, बलात्कार तथा भ्रष्टाचार, कमिसन र महँगीले देश आक्रान्त छ। जनता सोसिने र नेता पोषिने शासन कहिलेसम्म ? शासकले इतिहास मनन गरेनन् र जनतालाई भविष्यको सपना देखाएर वर्तमान चुसिर≈यो यसैको परिरणति हो राजा आऊ देश बचाउको निर्धाका नारा। राजा ज्ञानेन्द्रलाई नागरिकसरह बस्न जनताले गरेको आग्रह जसरी उनले धैर्यताका साथ शिरोपर गरे उसै गरी अब नेताहरू तयार होलान् ? राजाले इतिहासबाट पाठ सिकेर चुप बस्ने कि सक्रिय हुने भन्ने कुरा राजसंस्था अन्त्यपछिको राजनीतिक घटनाक्रमले पनि देखाउँछ। राजतन्त्र गयो हाम्रो पालो आयो भनेझैं गरी राष्ट्रिय ढुकुटीमा लुटतन्त्र मच्चाउनेमाथि जनताले न्याय गर्दैनन्।

नारायणहिटी दरबारबाट शीतल निवास सरेको महाराजको जस्तो तामझाम र भ्रमण छ राष्ट्रपतिको। जनतालाई राजतन्त्र र गणतन्त्रमा के फरक भयो र ?

कम्युनिस्ट शासनमा समेत चाकरी, सवारी देव दर्शन र दण्डवत् बेला–बेलामा विवादमा परिरहन्छन्। शासकले जति फटाइ, अपराध र भ्रष्टाचार गरे पनि दण्डित नहुने यो तन्त्रमा जनताले सहजै जिउने स्थान कहाँ बाँकी छ। राजनीतिमा पद्धति बसाल्ने र विकास निर्माणलाई गति दिने काम प्रधानमन्त्री ओलीले किन गर्न सकेनन् ? उनलाई किन कोही कसै वा विदेशी संघ–संस्था आईएनजीओको आशिर्वाद र पुरस्कार थाप्नुप¥यो ? श्रमजीवी वर्गको उत्थान, रोजगारी क्षेत्रको व्यापक विस्तारलगायत मुलुकको समृद्धिका लागि तिनका प्रभावकारी रणनीति खोई ? जनताले राजतन्त्रभन्दा तिनको प्रवृत्तिको विरोध गरेका हुन् तर शासकहरूमा पनि त्यही प्रवृत्ति दोहोरिँदा जनताले ‘राजा आऊ देश बचाऊ’ भन्नु के अनौठो भयो र ?

प्रतिक्रिया दिनुहोस्