प्रधानमन्त्री नै बिर्सनुहुन्छ लोगो लगाउन



गंगा बराल, काठमाडौं
संसद्को लोगोको विशेष अर्थ हुन्छ, जोसुकैले चाहेर वा रहर गर्दैमा उक्त लोगो लगाउन पाउँदैनन्। तर लोगो लाउने हैसियत बनाएकाहरू यसको महŒव बुझ्दैनन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत लोगो लगाउन ध्यान दिनुहुँदैन। उहाँले आइतबारको प्रतिनिधिसभाको बैठकमा १ घण्टा लामो सम्बोधन गर्नुभयो। सार्वजनिक महŒवको विषयमा दिएको वक्तव्य दिँदा न त संसद्को लोगो थियो न त सरकारको नै। यो दिनमात्र होइन, प्रधानमन्त्री ओली प्रायजसो संसद् आउँदा लोगो लाएको भेटिँदैन।

कैलाली–१ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका सांसद रेशमलाल चौधरीले पुस १९ गते संसद्को लोगो लगाउनुभयो। डिल्लीबजार सदरखोर जेलमा रहनुभएका चौधरीलाई प्रहरीले कडा सुरक्षाबीच सिंहदरबार ल्याएको थियो। सभामुख कृष्णबहादुर महराले संसद्को लोगो लगाइदिएपछि चौधरीलाई पुनः डिल्लीबजार कारागार नै लगिएको थियो।

संसद्को र सरकारको लोगो अलग्गै छ। संसद्को भन्दा केही ठूलो छ सरकारको। मन्त्रीले सरकारको लोगो लगाउँछन्। संसद् भवन नयाँ बानेश्वर पस्दा सांसदको लोगो चेक हुन्छ अनिमात्र भित्र पस्न पाइन्छ। कुनै दिन लोगो नलगाई गएका सांसदले समेत गेटमा झन्झट बेहोर्नुपर्ने हुन्छ।

संघीय संसद् सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले संसद्को आचरण र व्यवहारलाई नियन्त्रण गर्ने कुनै निकाय वा समिति भएकोबारे थाहा नभएको बताउनुभयो। ‘खोइ अहिलेसम्म यस्तो निकाय बनेको थाहा छैन।’ –पाण्डेले भन्नुभयो।

संसद् सचिवालयकै सहप्रवक्ता केशव अर्यालले सांसदलाई लोगोले थप जिम्मेवार बनाउने हुँदा लगाउनुपर्ने बताउनुहुन्छ। ‘कमसेकम संसद् बैठक, समिति वा अनुगमनमा जाँदा भने लोगो लगाउनुपर्छ अनिमात्र त्यसको अर्थ हुन्छ’, अर्यालले भन्नुभयो– ‘तर नलाए पनि त हुन्छ नि किन लाउनुप¥यो भनेर बेवास्ता बढी भएको छ।’

संसद्को जिन्सी स्टोरबाट सांसदले लोगो पाउँछन्। पहिलोपटक सचिवालयले उपलब्ध गराउने गरेको छ भने हराएबापत अर्को लिन पैसा तिर्नुपर्दछ। सांसदले पाएको लोगो कार्यकाल सकिएपछि पनि फिर्ता गर्नुपर्देन। २ वटै संविधानसभाका सदस्यलाई सचिवालयले संविधानसभा लेखिएको लोगो उपलब्ध गराएको थियो। यसअघि संसद्को राज्य व्यवस्था समितिले सभासद्लाई संविधान बनाएबापत विशेष प्रकारको लोगो दिने निर्णय गरे पनि सांसदहरूले भने पाएको लोगोमा चित्त बुझाएका छैनन्।

संसद् सचिवालयका उपसचिव सुदर्शन कुइँकेलले २०४८ सालमा संसद्मा आचरण समिति भएको र उसले संसद्का गतिविधिलाई नियाल्ने गरेको बताउनुभयो। कुइँकेलले एक पत्रिकाले नेताको तस्वीरमा कुकुरको पुच्छर जोडिएर छापिएपछि पत्रिकाका सम्पादकलाई समितिले बोलाएर स्पष्टीकरण सोधेको समेत बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्