अष्ट्रेलियाका विभिन्न कुटनीतिक नियोगमा संदिग्ध वस्तु



सिडनी,(एजेन्सी)
अष्ट्रेलियाली प्रहरीले बुधवार क्यानवेर्रा र मेलवर्न स्थित विदेशी नियोगहरुमा फेला पारिएका सँदिग्ध वस्तुहरुकेबारेमा व्यापक छानविन गरिरहेको छ । मेलवर्नको मेट्रोपोलिटन फायर बिग्रेडले शहरका विभिन्न स्थानमा एक्कासी यस्तो घटनाहरु देखापरेको जनाएको छ ।

संयुक्त अधिराज्य , स्विजरल्यान्ड , संयुक्त राज्य अमेरिका , पाकिस्तान लगायतका अन्य थुप्रै मुलुकका कुटनीतिक नियोगहरुमा यस्ता संसदग्ध प्याकेजहरु फेला परेको बताइएको छ ।

अष्ट्रेलियाली संघिय प्रहरीले ति फेला परेका वस्तुहरु र त्यहाँको परिस्थितीमाथि अनुसनधान शुरु भइसकेको जनाएको छ । मेलवर्न स्थित राज्य प्रहरीले भने घटनाको प्रकृति हेर्दा सर्वसाधारणलाई क्षति पु¥याृने उद्देश्य नदेखिएको जनाएको छ ।

अष्ट्रेलियन ब्रोडकास्टर एबिसिका अनसार भारत , दक्षिण कोरिया , न्युजिल्यान्ड , ग्रिस , इटाली र फ्रान्सका नियोगमा पनि आपतकालिन उद्धार अधिकारीहरुको उपस्थिती देखिएको छ ।

वेलायती उच्च आयोगको एकजना वरिष्ठ अधिकारीले आफुहरुले संघिय प्रहरी र स्थानिय निकायहरुसंग निकट सम्पर्कमा रहिरहेको तथा आफ्ना समपुर्ण कर्मचारी सुरक्षित रहेको जनाएको छ । मेलवर्न स्थित स्विस नियोगका कन्सुलर म्यानुएला एर्वका पति पिटर एर्वले ‘ एस्वेसटोस ’ नामक वस्तु राखिएको सानो खाम तयहाँ पठाइएको जानकारी दिएका छन् ।

यसैगरी यसअघि सोमवार सिडनी स्थित अर्जेन्टिनाको नियोगमा पनि सेतो पदार्थहरु राखिएका आशंकित पार्सलहरु पठाइएको थियो । तर छानविनपछि ति पार्सल हानिकार रहित रहेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्