सजाइएका पन्छिको अकालमा मृत्यु



अकल्यान्ड,(एजेन्सी)
न्युजिल्यान्डमा क्रिशमसको क्रममा सजाइएको बस्तुहरुमा घाँटी र पखेटा अल्झेर दर्जनौं पन्छी मरेको र घाइते अवस्थामा फेला परेको प्रहरीले बुधवार जनाएको छ । वेलिंगटनमा सजावटका वस्तुहरु बाँधिएका तारमा अल्झेर यसरी थुप्रै संख्यामा भँगेरा तथा परेवा मारिएको बताइएको छ ।

स्थानिय संचार माध्यमले यसरी ताररमा अल्झिएका मध्ये केहिको भोकले नै मृतयु भएके जनाएको छ । सन् २०१५ देखि नै लगातार यस्तो अप्रिय घटना दोहरिरहेको भएतापनि केहि साता यता देखएिका यस्तो दृश्यहरु निकै ह«दयविदारक रहेको बताइएको छ ।

सरकारी निकायले जानीजानी ति पनिछहरुका शरिरमा झिलिमिली वस्तुहरु बाँधिएको बताएको न्युजिल्यान्ड हेराल्डले उल्लेख गरेको छ । आफ्ना शरिरमा बाँधिएका ति वस्तुहरुलाई थुतुनोले चलाउन खोजन तिनीहरु झनै नराम्ररी वेरिएको तिनीहरुमध्ये केहिको रक्तसंचार समेत रोकिएको बुझिएको छ ।
उद्धार गरिएका ेकहि घाइते पन्छिको स्थिती पनि चिन्ताजनक रहेको छ । क्रिशमस र न्यु इयरकोबेला यसरी पन्छिहरुलाई क्रुरतापुवर्क सजाउने चलन प्रतिले धेरैले विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्