पृथ्वीभन्दा ३ गुणा ठुलो ग्रहको खोज



नासा (एजेन्सी)
नासाले सौर्य मन्डल बाहिर एक नयाँ ग्रह पता लगाएको छ । उक्त नयाँ ग्रहलाई एचडी २१७४९बी नाम दिइएको छ । उक्त ग्रहको खोज नासाको नयाँ ट्राँजिटिंग एक्सोप्लानेट सर्वे स्याटलाइट (टीइएसएस)ले गरेको हो । ग्रहहरुको खोजी गर्ने नासाको यो नयाँ टेलिस्कोप हो ।

उक्त नयाँ ग्रह पृथ्वीबाट ५३ प्रकाश बर्ष दुरीमा रहेको छ । एचडी २१७४९बीले एउटा सानो तारालाई परिक्रमा गरिरहेको छ र यसलाई एक चक्कर पुरा गर्न ३६ दिन लाग्छ । ताराबाट नजिकको दुरीमा रहेपनि यो ग्रह अत्यन्त चिसो छ र यसको तापमान ३०० फरेनहाइट रहेको वैज्ञानिकहरुले बताएका छन् ।
कुनै अर्को ग्रहमा जीवनको सम्भावनाको खोजमा जुटिरहेका वैज्ञानिकहरुका लागि यो ठुलो सफलता मानिएको छ । घना वायुमन्डल रहेको भएपनि यस ग्रहमा जीवनको सम्भावना हुन सक्ने वैज्ञानिकहरुले अनुमान गरेका छन् ।

नयाँ ग्रहको खोजी गरिरहेको टोली प्रमुख तथा एमआइटीका डायना ड्रगमिरले भने– सुर्य जस्तो चम्किलो तारको परिक्रमा गरिरहेको यो अहिले सम्मको सबैभन्दा चिसो सानो ग्रह हो , जसको बारेमा अहिले हामीले थाहा पाएका छौं ।
सानो भनिए पनि यो पृथ्वीको तुलनामा धेरै ठुलो ग्रह भएको उनले बताए । पृथ्वीको तुलनामा यो ग्रह ३ गुणा ठुलो छ । आकारको हिसाबले यो नेप्युनको समुहमा पर्छ । तर टीईएसएसले खोजेको यो ग्रह पृथ्वीको आकारको पहिलो ग्रह हो ।

प्रतिक्रिया दिनुहोस्