चीनद्वारा अत्याधुनिक शक्तिशाली राडार प्रणाली विकास



बेइजिङ (एजेन्सी)
चीनले सानो आकारको अत्याधुनिक शक्तिशाली सामुद्रिक राडारको विकास गरेको छ । आकारमा सानो भएपनि यसले पुरै भारत जत्रो भुभागमाथि लगातार निगरानी राख्न सक्ने बताइएको छ ।

चीनको यो नयाँ राडारको क्षमता अत्यधिक रहेको बताइएको । स्वदेशमै विकसित गरिएको उक्त राडार प्रणालीका माध्यमबाट चीनको नौसेना देशको सामुद्रिक इलाकामा पुरै निगरानी राख्न सक्ने क्षमता हासिल गरेको छ ।
यो प्रणाली विद्यमान प्रविधिको तुलनामा शत्रुका जहाज, विमान र क्षेप्यास्त्रबाट आउने खतरालाई लिएर धेरै समय अगाडीनै फौजलाई अलर्ट गर्नेछ ।

चीनको उक्त ओभर द होराइजन (ओटीएच) राडार परियोजनमा संलग्न वैज्ञानिकहरुलाई उदृत गर्दै हङकङ स्थित साउथ चाइना मर्निङ पोस्टले यस विषयमा समाचार प्रकासित गरेको हो । चाइनिज एकेडमी अफ साइन्सेज (सीएएस)का शिक्षाविद लियु योंगतानलाई चीनको राडार प्रविधि परिमार्जित गर्ने श्रेय दिइएका पोस्टले जनाएको छ । चाइनिज एकेडमी अफ इन्जिनियरिंगको पनि यसमा महत्व पुर्ण योगदान रहेको बताइएको छ ।


यो कम्प्याक्ट आकारको राडारलाई पीएलए नौसेनाको विमानवाहक बेडामा तैनाथ गरेपछि कुनै सानो हिस्सा मात्र नभएर विशाल इलाकामाथि लगातार निगरानी गर्न सक्छ । चिनियाँ राष्टपति सी जिनपिंगले यो राडार प्रणाली विकसित गरेकोमा लियु यांगतान र अर्को एक सैन्य वैज्ञानिक कियान क्विहुलाई विज्ञान क्षेत्रमा दिइने देशको सबैभन्दा ठुलो पुरस्कारबाट सम्मानित गरेको छ ।

कियानले देशको मोडर्न डिफेन्स इन्जिनियरिंगका लागि सैद्धान्तिक प्रणाली तयार गरेकोमा उक्त सम्मान गरिएको हो । उनले भुमिगत परमाणु केन्दं्र तयार गर्नमा पनि ठुलो भुमिका निभाएका थिए ।


परम्परागत प्रविधिको मद्दतले चीनको समुद्री क्षेत्रको करिब २० प्रतिशत भागमा मात्र निगरानी हुन सक्ने तर नयाँ प्रणालीले पुरै क्षेत्रमा निगरानी गर्न सक्ने भएको लियुले बताए । समुद्रमा यस राडारको प्रयोगबाट विशेष गरि दक्षिण चीन सागर, हिन्द महासागर र प्रशान्त महासागरमा चिनियाँ नौसेनाले जानकारी संकलन गर्ने क्षमतामा अभिबृद्धी गरेको लियुको टोलीका एक वरिष्ठ सदस्यले जानकारी दिए ।

चीनले यसकालागि एक भिमकाय एन्टेना पनि बनाएका थिए । चीनको सेनाको बजेट बढेर अब बार्षिक १ खर्ब ७५ अर्ब पुगेको छ । चीनको ध्यान अमेरिकाबाट आउने चुनौतीमा केन्द्रित छ । उसले दुई विमानबाहक युद्धपोत बनाइसकेको छ र तेस्रो निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्