प्रिन्स अन्तिम चारमा



काठमाडौं, (नेस)
प्रिन्स दाहाल जारी राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो जित निकाल्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् ।

दाहालले म्यानमारका थु रिनलाई यु–१९ विधामा २१ –११, २१ –१५ को सहज जित निकालेका थिए । यस्तै यु –१५ का नेपाल नम्बर एक ¥याङ्किङ्गका खेलाडी उनले सोही स्पर्धामा नेपालकै रोहित बराललाई २१ –६, २१ – ११ ले पाखा लगाए । मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सहिद रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको यु –१९ तर्फ नेपाल नम्बर एक खेलाडी प्रफुल महर्जनले आफ्नै देशका सत्यम सुब्बालाई २१ –४, २१ – १० ले हराए । उनको सामना नेपालकै पविन लिन्थेपसँग हुनेछ । यु –१५ ब्वाईज तर्फ प्रिन्सका साथै हिमाल चन्द, रोशन साउद र म्यानमारका ज लिन थु पनि अन्तिम चारमा पुगे ।

गल्र्स यु –१९ तर्फको खेलमा जेशिका गुरुङ्ग, सिमा राजबंशी, रञ्जना भट्ट, र रशिला महर्जनले अन्तिम चारको यात्रा तय गरे । जेशिकाले निता लम्साललाई २१ – १०, २१– ६, सिमाले बिश्ना बिष्टको रिटायर्ड हर्टका आधारमा, रञ्जनाले रोज पाण्डेलाई २१– १२, २१ – १२ ले तथा रशिलाले अञ्जना राईलाई २१–२, २१– ६ ले पराजित गर्दै सेमिमा स्थान बनाएका हुन् । बिश्ना खेलका दौरान घुंडामा चोट आएका कारण खेलबाट बाहिरिएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्