साढे पाँच महिनामा १ अरब ३१ करोड राजस्व संकलन



दीपेन्द्र थापा, काठमाडौं
सरकारले साढे पाँच महिनाको अवधिमा नेपाल आउने पर्यटकबाट १ अर्ब ३० करोड ७० लाख ४१ हजार १ सय २० रुपियाँ राजस्व संकलन भएकोे छ ।
अध्यागमन विभागले साउन १ देखि पुस १५ सम्मको अवधि नेपाल आउने पर्यटकको भिसा शुल्क बाट करिब १ अर्ब ३१ करोड रुपियाँ राजस्व संकलन भएको बुधबार आयोजित पत्रकार सम्मेलन जानकारी दिनुभयो ।

‘हाल सम्म करिव १ अर्ब ३१ करोड रुपियाँ राजस्व संकलन भएको छ । हाम्रो लक्ष्य भनेको ३ अर्ब रुपियाँ राजस्व संकलन गर्ने रहेको छ’ विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताउनुभयो । सो समयमा हवाई मार्ग हुँदै ५ लाख ४ हजार ९ सय २९ र स्थल मार्ग हुँदै १ लाख १२ हजार २९ गरी कुल ६ लाख ५३ हजार ५८ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए, जसबाट करिब २ अर्ब ४० करोड रुपियाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

सन् २०१८ मा कुल ११ लाख ७३ हजार ३ सय ५८ जनाले पर्यटक नेपाल आएका थिए भने ११ लाख ८० हजार २ सय ५९ पर्यटक वाहिरिएको जनाएको छ । विभागका अनुसार सोही अवधि १२ लाख ६२ हजार ५ सय ९५ जान नेपाली नेपाल प्रवेश गरेको र १२ लाख ६९ लाख ७ सय २५ नेपाली विदेश प्रस्थान गरेको महानिर्देशक पौडेलले जानकारी दिनु भयो ।विभागले १ वर्षमा करिव ४८ देखि ५० लाखको हाराहारीमा नेपाली र विदेशी नागरिकलाई सेवा प्रवाह गर्दै आएको छ ।

पर्यटकले भिसा शुल्क, भिसा नवीकरण, आगमण भिसा, भिसा समय भन्दा बढीको बसाई अवधि वापत सो राजस्व संकलन भएको हो ।

विभागले पर्यटकले भिसा शुल्क, भिसा नवीकरण,आगमण भिसा, भिसा समय भन्दा बढीको बसाई अवधि वापत तिरिएको जरीवाना बाट सो राजस्व संकलन भएको विभागका निर्देशक विष्णुहरी उपाध्यायले बताउनुभयो ।
विभागले साउन देखि यता विभिन्न कसुरमा अनुसन्धान भई सजाय पाएका ८४ जना विदेशी नागरिकहरुलाई अध्यागमन ऐन अनुसार तोकिएको अवधिसम्म नेपाल प्रवेश गर्न नपाउने गरी निष्काशन गरिएको जनाएको छ ।

नेपाली पोर्ट नामक नयाँ सफ्टवेयर लागु हुने
विभागले नेपालमा भित्रिने र वाहिरिने नागरिकको तथ्याङक संकलनलाई व्यवस्थित गर्न काम शुरु गरेको छ । विभागले हाल प्रयोग गरिरहेको इमी सफ्टवेयरलाई प्रतिस्थापन गर्दै विभागले विमानस्थलबाट भित्रिने र बाहिरिनेको तथ्यांक लाई थप व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको डाटा वेस सपटवेयर विकास गदै नेपाली पोर्ट नामक नयाँ सफ्टवेयर प्रयोगमा ल्याउने भएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षमा सम्पूर्णका पुरा गरेर आगामी आर्थिक वर्षबाट लागु हुने गरी गृहकार्य गरिरहेको महानिर्देशक पौडेलले बताउनुभयो । सुरक्षा चुनौती रहेको र सम्पूर्ण तथ्याङक इमी सफ्टवेयरले नसमेटिएकोले नयाँ सपट्वयर विकास गर्न लागिएको विभागले जनाएको छ ।

‘नयाँ सपट्वयर बायोमेट्रिक प्रणालीको हुने छ,भने जसमा आखाको नानीको र फेसको तस्वीर कैद गर्न, औठा छाप, समेतको सुविधा रहेको सुरक्षित सफ्टवेयर’लागु गर्न लागिएको अध्यागन अधिकृत इन्जिनियर प्रज्ञा ढकालले बताउनुभयो । बायोमेट्रिक प्रविधि जडान गरिसकेपछि कुनै विदेशी नेपाल भित्रिनेबित्तिकै सपट्वयरले सबै परिचय खुल्ने छ र अपराधिक नियन्त्रणमा सहयोग पुग्ने छ ।

यसको लागि विभागले हाल डिजाईन, ड्रोइङ, स्टिमेटको काम गरिरहेको छ । विभागकै पहलमा नै नेपाली आइटी इन्जिनियरहरको टोलीले सफ्टवेयरको विकास गरिँदै छ । विभागले नेपाल पोर्ट सफ्टवेयरबाटै नियन्त्रण र नियमन गर्ने छ ।होटल र विभाग बीच पनि सफ्टवेयरको लिङ गराईने छ । विभागले वितरण गर्न भिसा अन्तर्राष्ट्रिय स्तरको बनाउने र मसिन रिडेबद भिसा जारी गर्ने तयारी भइरहेको महानिर्देशक पौडेलले बताउनुभयो ।

हाल प्रचलनमा रहेको नेपाली भिसा स्टीकर गुणस्तर र सुरक्षाको हिसावले कमजोर भएको हुँदा नेपालको पहिचान देखिने र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को सुरक्षा मापदण्ड पुरा गर्ने गरी अन्तर्राष्ट्रियस्तरको मिसिन रेडेबल मा रुपान्तरण गर्ने तयारी भैरहेको छ । सबै भिसालाई मिसिन रिडेवल बनाईने छ । विभागले पर्यटक र गैरपर्यटक भिसा समेत लागु गर्ने योजना रहेको निर्देशक उपाध्यायले बताउनुभयो ।

‘अन्र्तराष्ट्रिय प्रवासन बढेर गएको छ, भने, अर्कातिर वाह्यताले बा कामको शिलशिलामा वाहिरीले नागरिको संख्या बढिरहेको महानिर्देशक पौडेलले बताउनुभयो । यसले गर्दा अन्तर्राष्ट्रिय स्तरको आधुनिक प्रबिधि जडित अध्यागमन कार्यलयको अत्यावश्यक भईसकेको छ’ सरकारले धेरै भन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य लिएर सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउदै २० लाख पर्यटक भित्रा्याउने योजना अघि साररेको छ । यसको लागि हामी अन्तर्राष्ट्रिय स्तरको अध्यागमन कार्यलय स्थापना गरिनु पर्ने विभागको भनाई रहेको छ ।

विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुविधा र सुरक्षामैत्री बनाउदै पूर्वाधारको काम अगाडि बढाएको हो ।

सरकारले विमानस्थललाई बुटिक विमान स्थलमा परिणत गर्ने गृहकार्य गरिरहेको वेला विभागले निर्माण गर्ने पूर्वाधारमा पनि नेपाली परम्परा शैली र मौलिकताको स्वरुप दिने छ ।
विमानस्थल वैशाख १ गतेबाट बुटिक विमानस्थलको निर्माण गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक उत्सवराज खरेलले जानकारी दिनु भयो । खरेलका अनुसार विमानस्थललाई नेपाली संकृतिमा, माैिलकता, काष्ठकलाशैलीमा परिणत गर्ने गरी प्राधिकरणले आन्तरिक गृहकार्य गरिरहेको छ । प्रधानमन्त्री केपी शर्माओली विमानस्थललाई बुटिक विमानस्थल वनाउने घोषणा भएको सन्र्दभमा अध्यागमनको आगमन र प्रस्थान कक्षलाई विमानस्थल प्रशासनसँगको सहकार्यमा परम्परागत शैली र आधुनिक सेवाप्रवाहको अवधारणा अनुसार विकास गरिनेछ ।

अध्यागन कार्यलय थप गरिँदै
विभागले विभिन्न नाकामा कार्यलय स्थापना गदै जाने सकेत बताएको छ । सन् २०१९ को जुन महिनामा सञ्चालनमा ल्याउने गरी काम भईरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत अध्ययागमन कार्यलय स्थापन गर्न लागेको महानिर्देशक पौडेलले बताउनुभयो ।

हाल त्रिभुवन विमानस्थल र मौसपलमा ११ अध्ययागमन कार्यलय रहेका छन् । विभागले विस्तार गर्ने क्रममा थप दुई स्थानमा कार्यालय स्थापना गरेको जनाएको छ । विभागका अनुसार मानसरोवर जाने पर्यटको लागि हुम्लाको हिल्सा र इलामको पशुपतिनगर नाकामा अध्यागमन कार्यालयको संञ्चालनमा ल्याएको छ । विभागले विराटनगर रसमेत अध्यागमन कार्यालय स्थापन तयारी थालेका महानिर्देशक पौडेले बताउनुभयो।

अध्यागमन विभागबाट प्रदान गरिने सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउन टोकन प्रणालीको प्रयोग र अनलाइन एप्लीकेशन जस्ता सुधारहरु अगाडि वढाएको छ ।
अध्यागमन ऐनलाई प्रतिस्थापन गरी नयाँ अध्यागमन ऐनलाई कार्यान्वयनमा ल्याउन मस्यौदा तयार पारी गृह मन्त्रालयमा पठाईसकिएको विभागको भनाई रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्