सुल्तानसँगको विवाह गर्न रुसी सुन्दरीले इस्लाम अपनाए



क्वालालम्पुर (एजेन्सी)
मलेसियाका राजा सुल्तान मोहम्मद पन्चमले सन् २०१६ मा राजगद्दी सम्हाल्दा उनी देशको सबैभन्दा युवा सुल्तान बनेका थिए । ती सुल्तान पन्चमले आइतबार राजगद्दी त्याग गरेको घोषणा गर्दै अन्तराष्ट्रिय सन्चार माध्यममा ब्याप्त उनको विवाहको अनुमानलाई बल प्रदान गरे ।

विगत दुई महिना देखि नै सुल्तान उपचार विदामा थिए । तर सन्चारमाध्यममा सुल्तानले रुसकी पुर्व सुन्दरीसँग गोप्य विवाह गरेको समाचार आएका थिए । उनी मलेसियाको केलान्तानका राजा हुन् ।

बेलायती र रुसी सन्चार माध्यममा ४९ बर्षिय सुल्तान २५ बर्षिय पुर्व रुसी सुन्दरीको प्रेम परेको समाचार प्रकासित गरेका थिए । दुबैले मस्कोमा विवाह पनि गरिसकेको र सामाजिक सन्जालमा यो सँग सम्बन्धित केही तस्विर पनि सेयर गरिएका थिए । यद्यपी उक्त समाचारको सुल्तान आफै वा उनको दरबार दुबै तर्फबाट पुष्टी गरेको छैन ।


बेलायतबाट सन् १९५७ मा स्वतन्त्रता हासिल गरेपछि कुनै सुल्तानले पदबाट राजिनामा दिएको यो पहिलो घटना हो । मलेसियामा सुल्तान पद त्यहाँका राज्यहरुका शाही घरानाहरुमै सिमित हुने गर्छ । हरेक ५ बर्षमा सुल्तानको पद एक राज्यका राजाबाट अर्को राजामा हस्तान्तरण हुने गर्छ ।

नयाँ राजा चयन प्रक्रिया सुरु

मलेसियामा संवैधानिक राजतन्त्रको ब्यवस्था छ । यहाँको सरकार र सत्ताशक्ती प्रधानमन्त्रीसँग हुन्छ । तर सुल्तान पद अत्यन्तै सम्मानजनक हुने गरेको छ । मलय मुस्लिम समुदायमा सुल्तान र राजपरिवार प्रति अन्त्यन्तै सम्मान छ र उनीहरुको कुनै प्रकारको आलोचनालाई निषेध गरिएको छ ।
सुल्तान र रुसका पुर्व सुन्दरीबीच १८ महिना अगाडी युरोपमा भएको थियो ।

पुर्व मिस मस्को ओक्साना वोइवोदाना पेशाले मोडल र फेसन डिजाइनर हुन् । सुल्तानसँगको विवाहका लागि ब्युटी क्विनले इस्लाम धर्म अपनाएको डेली मेलले जनाएको छ । विवाह अगाडीसम्म ओक्साना सामाजिक सन्जालमा धेरै नै सक्रिय थिइन् ।

मलेसियामा अब नयाँ सुल्तान चयनको प्रक्रिया सुरु भएको छ । आगामी ४ हप्ता भित्र मलेसियाले नयाँ राजा चयन गर्ने बताइएको छ ।
मलेसियामा राजतन्त्र बशाणुगत होइन । यहाँ नौवटा राज्यमा शासन गरिरहेका शाही घरानाबाट पाँचबर्षका लागि देशका राजाका रुपमा चयन गरिन्छ । ब्यवहारमा ९ शाही घराना मध्य वरिष्ठताका आधारमा देशको नयाँ राजामा चयन हुने गर्छ ।


सुल्तान मोहम्मुदको गद्दीत्यागपछि अन्तरिम राजा रुपमा पेराकका सुल्तान नजरिन शाह पद सम्हालिरहेका छन् । तर उत्तराधिकारीको लाइनमा अहिले नै उनको पालो भने होइन । अर्को पेहांगका सुल्तान अहमद शाह हुन तर उनी विरामी भएकोले उनको छोराले दुई बर्षदेखि नायबी चलाइरहेका छन् । जोहोरका सुल्तान इब्राहिम इस्माइल त्यसपछिको पालोक्रममा आउँछ । यद्यपी नयाँ राजा ‘अगोंग‘ सबै ९ जना सुल्तानहरुको सर्वसम्मतिमा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्