छायाँको कस्तो माया ?



सत्तापक्ष नेकपा र उसका नेता भन्छन्–‘प्रतिपक्ष खोई, कहिँ देखिदैन, देशमा सत्ता पक्ष पनि छ ?’

मुख्य प्रतिपक्षी काँग्रेस र उसका नेता उस्तै शैलीमा प्रश्न गर्छन्–‘सत्ता पक्ष खै कहाँ हो कहाँ, देशमा सरकार भएको आभाषै भएन ।’

धरहरा यस्तो जुहारी सुन्दा सुन्दा हैरान भइसक्यो । के ठिक के बेठिक छुट्याउनै गाह्रो भा छ । यस्तै हैरानी चल्या बेला फेरी सुनिदैछ–काँग्रेसले छाँया सरकार बनाउने रे । सरकारका लागि मन्त्रीहरु आवश्यक परेको भन्दै सो पार्टीले आफ्ना दलका सांसदलाई मंगलबार विज्ञापन गरेछ । विज्ञापन अच्छा छ–सांसदले रोजी रोजी मन्त्रालय दावी गर्न सक्ने रे ।

कम्रेड ओली सरकार गठन भएको एक वर्ष हुनै लाग्दा मात्रै काँग्रेस ब्यूँझिएछ कि क्या हो । हैन भने त पुरानो लोकतान्त्रिक पार्टीले छाँया सरकार संसदीय व्यवस्थाको अभिन्न अंग हो, यस्तो अंग पनि चाहिन्छ भन्ने कुरो बुझ्न बर्ष दिन कुर्नुपर्छ र भन्या ? धरहरा ठोकुवा गरेर भन्न सक्छ– कार्यकारी सरकार गठनको कुरो भए उहिल्यै काँग्रेसका नेता वीच हानाहान, तछाड मछाड र गज्जबकै गुटबन्दी हुन्थ्यो ।

नेकपाको घामले माम दिदैन भनेर सबत्र चर्चा भैरा बेला गठन हुने छायाँ सरकारको पनि उस्तै हो ताल । हुने विरुवाको चिल्लो पात भन्ने उखानै छ क्यार ।

 

प्रतिक्रिया दिनुहोस्