च्याम्पियन मनाङको धोको पुरा भएन



 

नेपाल समाचारपत्र, काठमाडौं
सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबले च्याम्पियन मनाङ मस्र्याङदी क्लबको लगातार जितसँगै उपाधि उचाल्ने धोको पुरा हुन दिएन । अन्तिममा ६ मिनेट थपिएको थियो । इन्जुरी समयको पाँचौ मिनेटमा विकास लामाले हुलमुलमा गोल गरेपछि मनाङ फ्रेन्डस्सँग १–० ले स्तब्ध भएको हो । अनिल महर्जनले दायाँबाट गरेको फ्रिकिक प्रहारमा विकासको काँधममा बल लाग्दै मनाङको जाली चुमेको थियो । विशाल श्रेष्ठ भने सो गोल बचाउन असमर्थ भएका थिए ।

लगातार १२ खेल जितेको मनाङ फ्रेन्डस्लाई हराएर अपराजित हुँद उपाधि जित्ने अग्रसरमा थियो । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मनाङका लागि जित्ने अवसर पनि आएको थियो । पहिलो हाफको इन्जुरी सुमयमा ओलावाले आफिजले हेडमार्फत् गोल पनि गरे । तर रेफ्रीले त्यसलाई अफसाइड घोषित गरेका थिए । दोस्रो हाफमा आफिजले ३ वटा, विशाल राई र अन्जन विष्टले २÷२ वटा गोल गर्ने मौका गुमाउनु नै मनाङ कीर्तिमानबाट चुक्यो ।

मनाङलाई कूल ५६ लाख
आठौं पटक लिग च्याम्पियन बनेको मनाङले पहिलो पुरस्कार ५० लाख हात पा¥यो । साथै अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रत्येक जितलाई ५० हजार दिइने घोषणा अनुसार मनाङले १२ जितबाट ६ लाख अतिरिक्त नगद पनि हासिल ग¥यो । ठमेलको सो क्लबले कूल ५६ लाख नगद पुरस्कार जितेको छ ।

यसैगरी उपविजेता संकटाले दोस्रो पुरस्कार ३५ लाख प्राप्त ग¥यो । संकटाले ९ जित र १ बराबरीसँगै थप ४ लाख ६५ हजार रुपियाँ पनि क्लबको खातामा जम्मा ग¥यो । बराबरीको १५ हजार दिइने घोषणा भएको हो ।

अन्यले जितेको यसप्रकारको छः
तेस्रो थ्रीस्टार २५ लाख
४ लाख ३० हजार (८ जित र २ बराबरी)
चौथो आर्मी १५ लाख
४ लाख १० हजार (७ जित र ४ बराबरी)
पाँचौं एपीएफ
७ लाख र ३ लाख ८० हजार (७ जित र २ बराबरी)
छैटो पुलिस ५ लाख
३ लाख १० हजार (५ जित र ४ बराबरी)

उत्कृष्टहरु (मोटरसाइकल र ५० हजार नगद पुरस्कार)
गोलकिपर विशाल श्रेष्ठ (मनाङ)
डिफेन्डर रन्जित धिमाल (थ्रीस्टार)
मिडफिल्डर हेमन गुरुङ (मनाङ)
फरवार्ड भरत खवास (आर्मी)
प्रशिक्षक सुमन श्रेष्ठ (मनाङ)
फेयर प्ले ब्रिगेड ब्वाइज क्लब (रु १ लाख नगद पुरस्कार)

मणि शाह स्मृति पुरस्कार
यसै वर्ष वैसाखमा असामायिक निधन भएका मणि शाहको स्मृतिमा यस पटकको लिगदेखि पुरस्कार वितरण गर्ने घोषणा भयो । नेपालको म्याराडोना भनेर चर्चित भएको मणिको स्मृतिमा दिइने पुरस्कार उदीयमान खेलाडीको लागि राखिएको छ । जसअनुसार आर्मीका युवा खेलाडी विकास खवासलाई मणि शाह इमर्जिङ प्लेयर अवार्डको ट्रफी र चेक दिइयो । सो अवार्डको पुरस्कार राशि १ लाख नगद रहेको छ ।

तीन टोलीको अंक काटिने
मंगलबार लिग समाप्त भएसँगैं पुछारका तीन टोलीको अंक अर्को सिजनमा काटिने भएको छ । रेलिगेसन विना आयोजना भएको लिगअन्तर्गत १२औं स्थानमा रहेको ब्रिगेड ब्वाइज क्लबको १ अंक काटिनेछ । यस्तै १३औं र १४औं स्थानमा रहेका क्रमशः मच्छिन्द्रको २ र न्युरोड टिमको ३ अंक काटिने भएको छ । हिजै हल्चोकमा भएको खेलमा एनआरटी र ब्रिगेडबीचको खेल गोलरहित बराबरीमा समाप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्