सफलतातर्फ उन्मुख सरकार



अहिलेसमाजिक संजाल हेर्ने हो भने सरकारका असफलताका बग्रेल्ती आलोचनाका हरफहरु देख्न पान्इछ । सरकारको नेतृत्व गरेको नेकपाका अध्यक्ष केपी ओलीले हरेक भाषणमा भारतीय कमेडी शो द कपिल शर्मालाई माथ खुवाउने गरी ‘जोकर’ शैलीले हसाउने गरेको पाइन्छ ।

तर देश र जनताकालागि जे गर्नुपर्ने थियो भने गरेको पाइदैन । प्रधानमन्त्रीले मुलुकको नेतृत्व जुन ढंगले लिनु पर्ने हो त्यो ढंगले लिएको पाइदैन । सरकारले उपस्थिती जहां हेरेपनि सुन्यको अवस्थामा छ । अहिले सरकार बिरुद्ध समाजिक संजालमा आएका बिषय बस्तु केही पूर्वाग्रह बाहेक जनताले खवरदारी गरेपनि सरकार भने ‘मरेको मुर्दा’जस्तै भएको छ ।

अहिले सरकारको काम भनेको आफन्तलाई सरकारी नियुक्ति दिनु अराजकतालाई मलजल गर्नु बाहेक अरु कुनै काम हुन सकेको देखिदैन पनि ? । भाषणले मात्रै जनता लालायित हुने भए छिमेकी भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको भाषणबाट जनता उत्साहित हुने भए हालै सम्पन्न बिधान सभामा भारतीय जनतापार्टीले बिजय हासिल गर्नुपर्ने थियो तर परिणाम भने त्यस्तो भएन । बिधान सभाको चुनावमा भारतीय जनता पार्टीले नराम्रो पराजय भोग्नु प¥यो । अहिलेको सरकारले अब कहिल्यै चुनाव नहुने जस्तो गरी आफुलार्य प्रस्तुत गरी रहेको छ ।

यसले नेकपाको भविष्यमाथि नै अनिश्चयको बादल मडारिन थालेको छ । प्रधानमन्त्रीले जोकरको शैलीमा आफुलाई प्रस्तुत गरिरहदा पनि सल्लाहकार भन्नेहरुले ताली मात्रै बजाउने गरेको कारण प्रधानमन्त्री र मन्त्रीहरुको चर्को आलोचना भएको छ । जनताका इच्छा बिपरितका काम लगातार भइरहदापनि सल्लाहकारहरुको भूमिका सून्य देखिनुले पनि उनीहरु आफ्नो दुनो सो¥याउन तिर मात्रै तल्लिन भइरहेका हुन कि भन्ने भान पर्न थालेको छ । यसले नेकपाको भविष्य मात्र होईन मुलुकको भविष्य नै बर्वादी तर्फ उन्मुख भइसकेको छ ।

प्रधानमन्त्री हरेक दिन झुठको पुलिन्दा बुन्न ब्यस्त रहने त्यसको बचाउमा केही स्वघोषित केही बुद्धीजीवी लाग्नुले मुलुक अधोगतितर्फ धकेलिन थालेको आभाष हुन थालेको छ । दुई तिहाईको दम्भमा रुमलिएको सरकारबाट समेत केही नहुने भएपछि जनता निरासमात्र भएका छैनन यो सरकारको बिकल्प समेत खोज्न थालेका छन । मुलुकलाई अस्थिरता तर्फ उन्मुख बनाउने ओली सरकारको बिकल्प जनताले खोज्न थाल्दा समेत प्रधानमन्त्री जगतलाई हसाउने बिकासका खाका बनाउदै हिड्नुले मुलुक बिकास होईन बिनास तर्फ उन्मुख हुदै गएको छ । त्यसकारण सरकारले आफुलाई सुधार गर्दै जनताको अपेक्षाको सम्वोधन गर्नुको बिकल्प छैन ।

 

प्रतिक्रिया दिनुहोस्