हेटौंडा अस्पतालप्रति महिला सेवाग्राही आकर्षित



रोशन पराजुली, हेटौंडा

विवादका केही घटना भए पनि हेटौंडा अस्पतालप्रति सेवाग्राही महिलाको आकर्षण बढेको देखिएको छ। आर्थिक वर्ष २०७३÷०७४ मा हेटौंडा अस्पतालमा २ हजार ९ सय ५ गर्भवतीले प्रसँति सेवा लिएका छन्। तीमध्ये शल्यक्रिया गरी सुत्केरी हुनेको ४ सय १६ महिला थिए।
सुत्केरी हुने क्रममा २ सय ५२ गर्भवतीको अवस्था जटिल बनेको अस्पतालको रिपोर्टमा उल्लेख गरिएको छ। सुत्केरी हुने क्रममा ३२ शिशुको मृत्यु भएको थियो। केही शिशुको गर्भमै मृत्यु भएको थियो भने केही शिशुको जन्मेको केही समयपछि मृत्यु भएको थियो। गत आर्थिक वर्षमा ३८ गर्भवतीलाई हेटौंडा अस्पतालले रेफर गरेको थियो।

अघिल्लो आर्थिक वर्षको तुलना हेटौंडा अस्पतालमा प्रसँति सेवा लिनेको संख्या बढेको हो। ५ वर्ष अवधिमा सेवाग्राहीको संख्या दोब्बर भएको छ। आर्थिक वर्ष २०६८÷०६९ मा १ हजार ६ सय ५९ गर्भवतीले हेटौंडा अस्पतालमा प्रसँति सेवा लिएका थिए।

हरेक वर्ष सेवाग्राही बढ्दो क्रममा रहे पनि पछिल्लो ३ वर्षमा उल्लेख्य वृद्धि भएको देखिन्छ। आर्थिक वर्ष २०७१÷०७२ देखि प्रसँति सेवा लिनेको संख्या बढेको देखिन्छ। आर्थिक वर्ष २०७१÷०७२ मा २ हजार ३ सय ८९ गर्भवतीले हेटौंडा अस्पतालमा प्रसँति सेवा लिएका थिए। आर्थिक वर्ष २०७२÷०७३ मा २ हजार ६ सय ७४ गर्भवतीले प्रसँति सेवा लिएका थिए। हेटौंडा अस्पतालकी प्रसँति सेवा विभाग प्रमुख डा. निशा राईका अनुसार अस्पतालमा प्रसँति सेवा कक्षमा सेवा प्रदान गर्ने चिकित्सकदेखि प्राविधिक जनशक्तिको समँह पँर्ण हुनुले सेवाप्रवाहमा आएको सुधारसँगै सेवाग्राहीको संख्यामा वृद्धि भएको हो।

‘हाल हेटौंडा अस्पतालमा ३ जना स्त्री तथा प्रसँति स्वास्थ्य विशेषज्ञ छौं। एनेस्थेसिया, बाल स्वास्थ्य विशेषज्ञ, रेडियोलोजिस्ट, भिडियो एक्सरे सेवासहित प्रसँति सेवाका लागि पँर्ण अवस्था छ, यसले सेवाग्राहीको संख्या बढेको हो।’ –डा. राईले भन्नुभयो।

विश्व स्वास्थ्य संगठनले गर्भवतीको प्रसँति हुने समय अनिश्चित र जटिल अवस्था भनी परिभाषित गरेको उल्लेख गर्नुहुँदै डा. राईले आफ्नो समँह पँर्ण भएका कारण रेफर भएर जाने क्रम न्यँन भएको बताउनुभयो। आईसीयँ चाहिने अवस्था र≈यो भने वा गर्भवतीका परिवारले नै लान्छौं भनेमात्र रेफर गर्ने गरेको उहाँको भनाइ छ। हेटौंडा अस्पतालका स्त्री तथा प्रसँति स्वास्थ्य विशेषज्ञ डा. रामकाजी महर्जनले चौबीसै घण्टा सेवा प्रदान गरिनु, सेवाप्रवाहमा गुणस्तर कायम रहनुले सेवाग्राही बढ्दो क्रममा रहेको उल्लेख गर्नुभयो।

सेवाप्रति विश्वास भएका कारण एउटै परिवारका ४ जना गर्भवतीले प्रसँति सेवा लिएको जानकारी गराउनुहुँदै डा. महर्जनले भन्नुभयो– ‘हाल मकवानपुरका अधिकांश गर्भवतीले प्रसँति सेवा लिनुका साथै छिमेकी बारा, पर्सा, रौतहटसहित सर्लाहीका गर्भवती पनि प्रसँति सेवा लिन हेटौंडा आउने गरेका छन्।’

एकैदिन ८ जना गर्भवतीको शल्यक्रिया गरेर प्रसँति गराइएको घटना स्मरण गर्दै डा. महर्जन भन्नुहुन्छ– ‘हामी गर्भवती र तिनका परिवारलाई पँर्णरूपमा ढुक्क भएर सेवा दिन्छौं।’

आमा र बच्चाको अवस्थामा जटिलता देखिए थप उपचार सहजरूपमा गर्न आईसीयँ (सघन उपचार कक्ष) र एनआईसीयँ (नवजातशिशु सघन उपचार कक्ष) स्थापना गरिए हालको भन्दा निकै बढी संख्यामा सेवा दिन सकिने उहाँको दाबी छ।

प्रतिक्रिया दिनुहोस्