सिटिजन्स बैंकद्वारा कर्णाली प्रदेशको प्रादेशिक कार्यालय स्थापना



काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनल सोमबार कर्णाली प्रदेश (प्रदेश नम्बर ६) को प्रादेशिक कार्यालय सुर्खेतमा स्थापना गरेको छ । नेपालको संविधानले नेपाल राज्यको संरचना ः संघ, प्रदेश र स्थानीय गरी तीन तहमा हुनेव्यवस्था गरेको छ । यी तीनतहको सहकारिता, सह–अस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथ गर्दै प्रादेशिक कार्यालयको स्थापना गरिएको बैंकले जनाएको छ ।

कर्णाली प्रदेशअन्तर्गत बैंकका ७ वटा शाखा(डोल्पा, जाजरकोट, जुम्ला, हुम्लाको नाम्खा, सर्केगार्ड रसिमिकोट तथा सुर्खेत)बाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।
यसअघि बैंकले प्रादेशिक कार्यालयहरु प्रदेश नं १ को विराटनगरमा, प्रदेश नं २ को वीरगन्जको आदर्शनगरमा, प्रदेश नं ४ को पोखराको सिमलचौरमार प्रदेश नं ५ को नेपालगन्जमा स्थापना गरिसकेको छ ।

सिटिजन्स बैंकले ८१ वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिब चार लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्