गरुड पुराणबाट ढुक्क



आगामी माघ ४ गते अल नेपाल रिलिज हुने फिल्म गरुड पुराणलाई लिएर यसका निर्देशक सुवास कोइराला ढुक्क छन्। अपवाद, पुन्टे परेड, पलासजस्ता फिल्म निर्देशन गरेपश्चात गरुड पुराणमार्फत फेरि निर्देशनमा आएका उनले फिल्म गरुड पुराण सिचुयसन बेस्ट कमेडी र मनोरञ्जनले भरिएको बताए।
‘फिल्मको फस्ट हाफभन्दा सेकेन्ड हाफ रमाइलो छ। म आफैं पनि सेकन्ड हाफ हेर्दा निकै हा“सेको छु। तर फिल्ममा तल्लो लेभलको कमेडी भने छैन’, सुवासले आफ्नो फिल्ममा धेरै कलाकार भए पनि सबैको भूमिकालाई समानरूपमा समायोजन गर्दै लगेको जनाउ“दै भने– ‘फिल्म लेख्ने बेलामा नै मैले निट एन्ड क्लियर रूपमा लेखेको छु। सबैको रोल क्लियर छ। तर फिल्ममा २ वटा मेन क्यारेक्टर रहेका छन्। यसलाई थिएटरको तरिकाले कसरी खिच्ने भनेर पनि वर्कशप गरेका छौं।’ आइतबार राजधानीमा अयोजित भेटघाट कार्यक्रममा उनले भने– ‘यसमा काम गर्ने कलाकारहरू पनि प्रायः थिएटरकै हुुनुहुन्छ र प्रायः कलाकार एकअर्कास“ग थिएटरमा काम गरिसकेको हुनुहु“दो रहेछ।’

अभिनेता कर्मा शाक्यले रगंमञ्चमा ध्यान दिएको र थोरै मात्र फिल्ममा अभिनय गरेको बताए। ‘थोरै फिल्ममध्ये गरुड पुराण एक हो। वर्षमा एउटा नाटकमा अभिनय गर्ने गरेको छु। मलाई थिएटर स्कुलजस्तो लाग्छ। नाटकमा अभिनय गर्नुपर्ने बेलाचाहि“ धेरै फिल्म छोडेको छु। एउटा नाटकका लागि ३ महिना लाग्छ तर नाटकभन्दा धेरै बजेटको फिल्मका लागि भने बजेटअनुसारको मेकिङमा त्यति समय र मेहनत खर्चिंदैन’, कर्मा भन्दै थिए– ‘वर्कसपमा केही दिनबाहेक ध्यान दिएको पाइ“दैन र त्यस्तो सिचुयसन पनि छैन। तर यो फिल्ममा वर्कसपमा पर्याप्त समय दिएर काम गरेका छौं। यसलाई बेस्ट गर्ने कोसिस गरेका छौं।’ उनले आफूलाई फिल्मको अफर कम आउने गरेको पनि खुलाए। ‘म काम त गरिरहन चाहन्छु तर अफर नै नआएपछि के गर्नु?’ –उनले भने।

नवनायिका प्रियंका सिंह ठकुरीले अभिनय गाह्रो विषय भए पनि राम्रो टिमस“ग काम गरेकाले सजिलो भएको बताइन्। ‘एक्टिङ भनेको घरमा बसेर टिकटक भिडियो बनाउनुजस्तो होइन। यसमा वर्कसप हुन्छ, डाईरेक्टर हुन्छ र अडियन्स हुन्छ। त्यसकारण धेरै कुरामा ध्यान दिनुपर्छ। यसमा राम्रो टिम भएकाले मैले धेरै कुरा सिकेर काम गर्ने मौका पाए“’ –उनले भनिन्। अभिनेता कामेश्वर चौरासियाले फिल्म गरुङ पुराणमा आफू एक पीडित डनका रूपमा काम गरेको बताए। ‘म वास्तविक जीवनमा पनि पीडित नै छु। केही फिल्ममा काम गरे पनि मलाई भने कामै गर्न पाइएको छैन जस्तो लाग्छ’, प्रायजसो मधेशी भूमिकामा देखिने उनले अन्य भूमिकामा अफर आए काम गर्न इच्छुक रहेको खुलाउ“दै भने– ‘मलाई अफर गर्दा त्यस्तै किसिमको भूमिकाको लागि आउ“छ। त्यसमा खेल्दिन“ भन्नुको अर्थ पेटमा लात हान्नुजस्तै हो। अरु जागिरमा जाउ“ भने १० दिन पनि टिक्दिन“। अन्त गए भने पनि अभिनयको भोकले तानिरहन्छ। केही समयअघि केमियोका लागि अफर आएको थियो तर मेरो स्तर त्यहा“ पुगिसक्यो जस्तो लागेन र गरिन“। कुनै पनि फिल्मका लागि आजको भोलि त फिल्डमा जान सकि“दैन। स्क्रिप्टमा केहीदिन बिताउनुपर्छ। तर यहा“ त्यस्तो हु“दैन। म आजको भोलि काम गर्न सक्दिन“ भन्थें तर अब भने तयार छुु किनभने गरुड पुराणमा काम गरेपछि मैले अरु फिल्मको अफर नै पाएको छैन। अभिनयको भोकभन्दा त पेटको भोक महŒवपूर्ण रहेछ। कम्तीमा अभिनयका लागि मान्छे बा“च्नु त प¥यो नि। अफर नै नआए काम कसरी गर्नु?’

अर्का कलाकार प्रवीण खतिवडाले आफ््नो भूमिका काठमाडौंबाहिरबाट जागिर खान काठमाडौं आउने युवाको र उसले गर्ने संघर्षमा घुमेको बताए।
फिल्म गरुड पुराणमा कर्मा, प्रवीण, कामेश्वर र प्रियंकास“गै नाजिर हुसेन, लुनिभा तुलाधर, जान्वी बोहरा, रश्मी भट्ट, प्रकाश घिमिरे, कमल देवकोटालगायतको अभिनय छ। सुवास कोइरालाको साथमा आकाश बराल र विनोद खतिवडाको लेखन रहेको फिल्मको कथा कसम नेपालले लेखेका छन्। अजित प्रजापति र अशोक गौतमद्वारा निर्मित फिल्ममा सुसन प्रजापतिको छायांकन, कोसिस क्षेत्रीको संगीत र उज्वल ढकालको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्