राष्ट्रिय पुस्तकालय ६२औं वर्षमा: कला, संस्कृति र परम्परा झल्कने भवन बन्दै




-ईश्वरराज ढकाल

सरकारले त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा जमलमा रहेको करिब ८ रोपनी क्षेत्रफलमा जग्गा राष्ट्रिय पुस्तकालयको नाममा ल्याए पनि त्यसमा कस्तो भवन निर्माण गर्ने भन्ने टुंगो लागेको छैन। सरकारले आफ्नै लगानीमा नेपालको कला, संस्कृति र परम्परा झल्कने बहुतले पुस्तकालय बनाउने योजना बनाएको छ। विदेशी लगानी भिœयाउ“दा दातृ निकायको आफ्नै रुचि देखिने भए पनि सरकारले आफ्नै लागनीमा सो पुस्तकालय बनाउन लागेको हो। राष्ट्रिय पुस्तकालयको ६२औं स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले भन्नुभयो– ‘अब बन्ने पुस्तकालय नेपालीको गौरव झल्कने हुनेछ।’ लथालिंग अवस्थामा रहेको पुस्तकालले आफ्नो जन्मोत्सव राष्ट्रिय मानवअधिकार आयोगको प्रिफाइब हलमा मनाइरह“दा प्रमुख अतिथि बन्न पुग्नुभएका सचिव बरालले अबको राष्ट्रिय पुस्तकालय प्रविधियुक्त हुने दाबी गर्नुुभयो।

उहा“ले भन्नुभयो– ‘जति खर्च लाग्छ, सरकारले नै बेहोर्नेछ। भवनको नक्सा नेपाली इन्जिनियरबीच प्रतिस्पर्धा गरेर बनाइनेछ।’ बहुवर्षीय योजनाअनुसार निर्माण गर्ने तयारी भइरहेको नया“ पुस्तकालय भवनलाई सरकारले नेपालको शानका रूपमा हेरेको छ। उहा“ले सबै पुस्तकालय प्रेमीलाई कस्तो पुस्तकालय निर्माण गर्र्नुपर्छ भन्ने विषयमा रायसुझाव दिन समेत आग्रह गर्नुुभयो। २०७२ सालको शक्तिसाली भूकम्पले क्षतिग्रस्त पुस्तकालयको अवस्था बिजोग छ। पुस्तकालय प्रशासनले भत्किएको भवनमा छोपेर राखेको पुस्तकालयका दराजलगायतका फर्निचर कामै नलाग्ने भइसकेका छन्। माइक्रोफिल्म सेक्सनको सामग्री हालसम्म निकाल्न सकेको छैन। तर अवलोकन गर्न नपाए पनि करिब १ लाख ५० हजार पुस्तक, पत्रपत्रिका रहेको पुस्तकालयको पुस्तक र पत्रिका विभिन्न स्थानमा व्यवस्थितरूपमा स्थानान्तरण गरिसकेको छ।

नेपालमा ३ सय वर्षदेखिका पुस्तक संकलन गरी राखिएको छ। ती पुस्तक संकलन गरिएका पुस्तकालयअन्तर्गत सार्वजनिक विद्या भवन धरान, पोखरा सार्वजनिक पुस्तकालय, महेन्द्र पुस्तकालय नेपालगन्ज र कैलाली जनपुस्तकालय पर्छन्।

त्रिविको स्वामित्वमा जमलमा रहेको जग्गामा शंकरदेव क्याम्पसको कक्षा सञ्चालन भइरहेको छ। केही दिनअघि पुस्तकालय प्रशासनले जग्गा छाड्न आग्रह गर्दा क्याम्पस प्रशासनले इन्कार गरेको थियो। जग्गा छाड्ने विषयमा विवाद हु“दा विद्यार्थी र पुस्तकालयका कर्मचारीबीच हात हालाहालको अवस्था भएको थियो। क्याम्पस प्रशासनले एक साताभित्र पुस्तकालयलाई जग्गा छाडिदिने बताएको थियो। एक सातापछि जग्गा खाली भएपछि पुस्तकालयको प्रशासनिक कार्यक्रम जमलबाटै सञ्चालन गर्ने तयारी भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल जग्गा खाली गरिदिन आग्रह गरेपछि क्याम्पस प्रशासनले केही दिन मागेको थियो।


‘अब हामी माघ १५ गतेदेखि जमलको जग्गामा सिफ्ट हुनेछौं’ –राष्ट्रिय पुस्तकालय प्रमुख उपेन्द्रप्रसाद मैनालीले भन्नुभयो। हाल हरिहर भवनमा कार्यालय रहेको पुस्तकालय भवनमा सरकारले अतिथिगृह निर्माण गर्ने भएपछि बाध्य भएर सर्न लागिएको मैनालीको भनाइ छ। ‘हामी अहिले कठोर अवस्थामा छांै। यताको जग्गामा अतिथिगृह निर्माण गर्ने भनिएको छ, उता जमलको जग्गा छाड्न मानिएको छैन’ –मैनालीले भन्नुभयो। पुस्तकालयले आफ्नो भवन नभएपछि सामन्य रूपमा जन्मोत्सव मनाएको थियो। कार्यक्रममा पुग्नुभएका विज्ञान सचिव कृष्णराज बिसीले अब बन्ने पुस्तकालय अपांगमैत्री र सबैको सजिलै पहु“च पुग्नेखालको हुनुपर्ने बताउनुभयो। उहा“ले भन्नुभयो– ‘पुस्तकालय देशको गहना हो। यसलाई सबैले जोगाइराख्न महŒवपूर्ण भूमिका हुन्छ।’

अति व्यस्त क्षेत्रमा रहेको जमलमा बन्न लागेको पुस्तकालयलाई सबैको धरोहरका रूपमा लिनुपर्ने उहा“को भनाइ थियो।
२०१३ साल पुस १९ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले भारतीय पुस्तकालयको पुस्तक ल्याएर स्थापना गर्नुभएको पुस्तकालयका ५० हजार ५ सय ९४ थान पुस्तक सानो गौचरणस्थित महेन्द्र भवन उमाविमा ८० वटा ¥याकमा राखिएको छ। २०७२ साल असार १५ गते पुस्तकालय छिरेर पुस्तक संकलन गरी महेन्द्र भवनमा स्थानान्तरण गरेको थियो। दुई वर्षअघि राष्ट्रिय पुस्तकालयले हिरक महोत्सव मनाइरह“दा करिब १ लाख पुस्तक बोराभित्र थिए। अहिले बोराबाट बाहिर आयो तर पुस्तकप्रेमीले पुस्तक अवलोकन गर्न पाएका छैनन्। हरिहर भवनमा रहेका कार्यालयमा बाल पुस्तकालय सञ्चालन गरिएको छ। त्यहा“ १९ वटा ¥याकमा ७ हजार ६ सय २४ पुस्तक प्रदर्शनीमा राखिएका छन्। बा“की करिब २१ हजार थान पुस्तक सानोठिमीस्थित तत्कालीन शैक्षिक जनशक्ति विकास केन्द्रको पुस्तकालय कक्षमा व्यवस्थित गरिएको छ। राष्ट्रिय पुस्तकालयमा सन् १९९७, २००० र २००४ मा राष्ट्रिय वाङ्मय सूची भाग–३, घुम्ती पुस्तकालय सेवा, संस्कृत भाषाको पुस्तकको सूची, इशतत्वम, शस्ति रत्नावली राखिएका छन्। त्यस्तै २००९ देखि आईएसएसएन नेसनल एजेन्सीका रूपमा कार्य गरी हालसम्म २ सय ३० भन्दा बढी सिरियललाई नम्बर प्रदान गरिएको, देवनागरी लिपिमा प्रकाशित सामग्रीलाई मदन पुरस्कार पुस्तकालयले निर्माण गरेको युनिकोड प्रयोग गरेर २४ हजार ७ सय रेकर्ड संकलन गरी राखिएको छ।

नेपालमा ३ सय वर्षदेखिका पुस्तक संकलन गरी राखिएका छन्। ती पुस्तक संकलन गरिएका पुस्तकालयअन्तर्गत सार्वजनिक विद्या भवन धरान, पोखरा सार्वजनिक पुस्तकालय, महेन्द्र पुस्तकालय नेपालगन्ज, कैलाली जनपुस्तकालय पर्छन्।

पुस्तकालय समन्वय शाखा प्रमुख यादवचन्द्र निरौलाले पुरानो पुस्तकालयलाई जोगाइराख्न सरकारले थुप्रै योजना अघि सारेको बताउनुभयो। उहा“ले भन्नुभयो– ‘राष्ट्रको गौरवका रूपमा रहेको राष्ट्रिय पुस्तकालयलाई सुविधा सम्पन्न भवनमा स्थानान्तरण गर्ने तयारी गरेका छौं।’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जमलमा निर्माण गर्न लागिएको भवनमा पुस्तकालयलाई आवश्यक पर्ने सबै प्रविधि उपलब्ध गराइनेछ। पुस्तकालय प्रेमी डा. अशोक थापाले नेपालले आफ्नै लगानीमा पुस्तकालय नबानाएको बताउनुभयो। उहा“ले अब बन्ने पुस्तकालय सरकारको पूर्ण लगानीमा हुने र सो पुस्तकालय लिफ्टसहित भएको फरक क्षमता भएकाले समेत प्रयोग गर्नसक्ने हुनुपर्ने बताउनुभयो। उहा“ले भन्नुभयो– ‘बल्ल हामी खुसी भएका छांै। राष्ट्रिय पुस्तकालय आफ्नै स्वामित्वको जग्गामा निर्माण हु“दै छ। अब बन्ने पुस्तकालय पुर्खालाई सम्झन लायक हुनुपर्छ। नेपाल सरकारको कुनै पुस्तकालय छैन भन्नु गलत हो, किनकि नेपालका तीन ठूला राष्ट्रिय, केशर र डिल्लीरमण पुस्तकालयमा सरकारको सहयोग छ।’ पुस्तकालयको परिकल्पना प्रस्तुत गर्दै पुस्तकालयविज्ञ गीता थापाले अब बन्ने पुस्तकालय बुहुतले, सम्पूर्ण प्रविधियुक्त, वातानुकूलित हुनुपर्ने बताउनुभयो। विश्वका विभिन्न देशका पुस्तकालयहरूको भौतिक अवस्था अध्ययन गरेर राष्ट्रिय पुस्तकालय निर्माण गर्नुपर्ने उहा“को धारणा थियो।

राष्ट्रिय पुस्तकालयका पूर्वप्रमुख दशरथ थापाले दयनीय अवस्थामा रहेको पुस्तकालयलाई सरकारले नया“ भवन निर्माण गरी स्थानान्तरण गर्ने निर्णयले देशभरका पुस्तकालयप्रेमी खुसी भएको बताउ“दै अब यसलाई थप सुधार गर्न सबैको ध्यान जानुपर्ने बताउनुभयो। हाल नेपालमा सरकारले अनुदान दिएर सञ्चालन भएका तीनवटा पुस्तकालय छन्। तीमध्ये दुईवटा पुस्तकालयको अवस्था दयनीय छ। केशर पुस्तकालय रहेको दरबार सरकारले रेक्ट्रोफिट गर्ने भएको छ । हाल नेपालमा सार्वजनिक र सामुदायिक गरी करिब १ हजार पुस्तकालय छन्। विद्यालयमा रहेका पुस्तकालयको संख्या त करिब १२ हजारको हाराहारीमा छ। यस्ता सबै पुस्तकालयलाई संरक्षण गर्नु मन्त्रालयको दायित्व हो। उता राष्ट्रिय पुस्तकालयको योजना निर्माण गर्न मन्त्रालयले विद्यालय समन्वय शाखाका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा समिति गठन गरिरहेको छ । सोही समितिले राष्ट्रिय पुस्तकालयको समग्र अवस्था, नया“ निर्माण गर्ने भवनको बारेमा अध्ययन गरिरहेको छ।

 

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा पुस्तकालय
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार गरेको मस्यौदामा करिब सय वर्षको दृष्टि राखेर सुविधा सम्पन्न पुस्तकालय निर्माण गर्ने उल्लेख छ। राष्ट्रिय पुस्तकालयलाई मुलुकको पुस्तकालयको सर्वोच्च निकायका रूपमा विकास गरिनुपर्ने र सो पुस्तकालयको प्रमुख पदमा कम्तीमा राजपत्रांकित प्रथम श्रेणीको दरबन्दी सिर्जना गरी अन्तर्राष्ट्रिय मान्यताअनुसारको बनाउनुपर्ने उल्लेख गरिएको छ। त्यस्तै पुस्तकालयको संकलन र विस्तारका लागि कानुनी सञ्चय ऐन तर्जुमा गरी लागू गर्नुपर्ने, राष्ट्रिय पुस्तकालयस“ग समन्वय गरी अन्तरपुस्तकालय सहकारिताका कामहरू गर्नुपर्ने उल्लेख छ।

संघीय सरकारले त्रिविमा रहेको केन्द्रीय पुस्तकालय, राष्ट्रिय पुस्तकालय र केशर पुस्तकालयलाई अनलाइन तथा डिजिटल पुस्तकालयमा विस्तार गर्नुपर्ने, शिक्षा ऐन तथा नियमावलीमा सार्वजनिक तथा सामुदायिक पुस्तकालयसम्बन्धी बेग्लै व्यवस्था गर्नुपर्ने, सिंहदरबार र सानोठिमी परिसरमा रहेका विभिन्न मन्त्रालयका पुस्तकालयलाई एकीकृत गरी केन्द्र्रीय सचिवालय पुस्तकालयको व्यवस्था गरेर एकीकृत पुस्तकालय सेवा प्रदान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
प्रदेश र स्थानीय सरकारमा सामुदायिक पुस्तकालयसम्बन्धी नीति निर्माण गर्नुपर्ने, आईएसबीएन, आईएसएसएन, आईएसएमएन र सीआईपी तथा प्रतिलिपि अधिकारलाई एउटै निकायबाट सम्पादन गर्ने व्यवस्था गरिनुपर्ने, विद्यालयमा खोलिएका पुस्तकालयले अन्यलाई पनि सेवा दिनुपर्ने, विद्यालयमा हस्ताको एक घण्टी पुस्तकालयलाई छुट्टयाउनुपर्ने, विभिन्न निकायको सहयोगमा स्थापना भएका पुस्तकालयलाई संरक्षण
गर्नुपर्नेलगायतका विषय समेटिएका छन्।

सरकारले राष्ट्रिय पुस्तकालयको जन्मोत्सव मनाइरह“दा राष्ट्रिय पुस्तकालयले गरेको अथक योगदानलाई बिर्सन नहुने अधिकांश पुस्तकालयप्रेमीको धारणा थियो। शिक्षा सचिव बरालले सबैले सोचेजस्तै सरकारले पुस्तकालय विकास गर्न लागिपरेको र राष्ट्रिय पुस्तकालयलाई देशकै नमुना पुस्तकालयका रूपमा विकास गर्ने योजना तर्जुमा गरिसकेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्