हस्तमैथुन गर्ने र नगर्ने दुबैले जान्न छुटाउनै नहुने जानकारी



काठमाडौ । बढ्दो उमेरावस्थासँगैं हस्तमैथुन यौन सन्तुष्टिका लागि एक सामान्य प्रक्रिया हो । हाम्रो सामाजिक दृष्ट्रिकोण अलिक साँघुरो भएको हुँदा यसका बारेमा कसैंले पनि खुलेर बोल्न चाहादैनन । पछिल्ला दिनहरुमा यौंन सन्तुष्टिका लागि मानिसहरुले साथि खोज्नु भन्दा हस्तमैंथुन वा सेक्स टोयको प्रयोग गरेर यौन आनन्द लिने गरेका छन । यो विधि आफैंमा सरल र सहज हुने पनि विश्वास रहँदैं आएको छ । पुरुषले मात्रै हैन महिलाले पनि हस्तमैथुन गरेर यौन सन्तुष्टि लिन्छन् । आफ्ना संवेदनशील अंग चलाएर, मालिस गरेर तथा आफूलाई मनपर्ने यौन जोडीको कल्पनामा डुबेर पनि हस्तमैथुन गर्न सकिन्छ । यो महिला–पुरुष दुवैमा लागु हुन्छ ।

विशेषगरी यस्तो अभ्यास सैनिक, प्रहरी, छात्रा-छात्रवासमा बढी हुन्छ । हस्तमैथुन एकल वा सहयोगीको मद्दतले वा आफैँ एक्लै गर्न सकिने अभ्यास हो । हस्तमैथुन महिला–पुरुषबीच एकअर्कामा पनि हुन्छ । पुरुषले पुरुषको, महिलाले महिलाको पनि गर्न सकिने अभ्यास हो । यौन क्रीडा गर्दा महिलाको योनिबाट रसादी निस्किन्छ । हस्तमैथुन गरेर महिलाले रसादी निकालेर पनि यौन आनन्द लिन सक्छन् । पुरुषको वीर्य स्खलन हुन्छ । हरेक कुराहरुलाई तपाईले आवश्यक्ता भन्दा धेरैं गर्नुभयो भने फाइदा मात्रैं हुँदैंन, यसको तपाईको बाँकि जीवनमा ठुलो असर गर्न सक्दछ ।

यौन उत्तेजनालाई नियन्त्रण गर्नको लागि हस्तमैंथुन वा अन्य कुनैं तरिका अपनाउनु आफैंमा गलत्त होईन । यदी कुनैंपनि व्यक्तिको मनमा यौंन एक सपना बनेर रहन्छ त्यो व्यक्तिले जस्तोसुकैं कदम पनि चाल्न पछि नपर्ने मानसिक रोग विशेषज्ञहरुको दाबी रहेको छ । एक अध्यनले यो पनि देखाएको छ कि बलात्कार जस्ता यौंन हिंसा सम्बन्धी अपराध कम गर्नको लागि कुनैं पनि मानिसलाई यौंनका बारेमा राम्रोसँग जानकारी हुनुपर्दछ ।

व्यक्तिअनुसार यौन क्रीडाको स्वभाव फरक–फरक हुन्छ । तसर्थ कतिपयले हस्तमैथुनलाई प्रश्रय दिन्छन् । कसैले यौन एवं यौन क्रीडालाई प्रश्रय दिन्छन् । हस्तमैथुन यौन सन्तुष्टि लिने अप्राकृतिक उपाय हो भने यौन र यौन क्रीडा प्राकृतिक हो । हरेक क्रियाकलापको फाइदा र बेफाइदा हुन्छन् । हस्तमैथुन क्रियाकलापको फाइदाको रुपमा एकल यौन सन्तुष्टि वा सहपाठीसँगको सन्तुष्टिलाई लिन सकिन्छ । यसको बेफाइदा, आफ्नो यौन जोडीमा असन्तुष्टि पैदा हुन्छ ।

हस्तमैथुनको अभ्यास गर्ने पुरुषमा शिघ्र स्खलनको समस्या हुन्छ । पुरुषमा हुने शीघ्र स्खलनका कारण यौन जोडीबीच यौन सन्तुष्टि हुँदैन । बढी हस्तमैथुन गर्दा यौन अंगमा संक्रमण हुने, शीघ्र पतन हुने समस्या हुन्छ । हात तथा यौनाङ्गमा भएका फोहोरका कारणले महिला तथा पुरुषमा यौनाङ्गको संक्रमण हुने जोखिम हुन्छ । हस्तमैथुनका कारणले भिरिङ्गी, एड्स र सिफिलिसजस्ता यौन रोगको जोखिम हुन्छ । यौनाङ्गमा घाउ खटिरा लगायतको जोखिम हुन्छ ।

हस्तमैथुनलई नै यौन क्रीडाको रुपमा व्यवहार गर्दा यौन जोडीहरुमा शंकाको भावना उत्पन्न हुन्छ । निरन्तर हस्तमैथुन गर्नाले यौन क्रीडामा हुने असक्षमताले गर्दा यौन जोडीबीच सम्बन्धविच्छेद हुने सम्भावना हुन्छ । महिलामा पनि नियमित हस्तमैथुन गर्दा यौन क्षमतामा कमी आउँछ । तसर्थ कुनै पनि व्यक्ति तथा यौन जोडीले हस्तमैथुनलाई यौन क्रीडाको वैकल्पिक उपायको रुपमा लिनु हुँदैन । सकभर हस्तमैथुनलाई निरुत्साहित गर्दा राम्रो । यौन जीवनमा समेत असर गर्ने भएकाले नियमित र लामो समय हस्तमैथुन गर्नु हुँदैन ।

दैनिक हस्तमैथुन गर्नाले पुरुषको शुक्रकीट वयस्क हुन पाउँदैन । र वयस्क नभएको शुक्रकीटले यौन जोडीबीच यौन सम्पर्क हुँदा डिम्बसँग निषेचित हुन सक्दैन । तसर्थ पुरुषको शुक्रकीट र महिलाको डिम्ब निषेचित हुन नसकी बाँझोपनको सम्भावनासमेत हुन्छ तर महिलामा भने यो अवस्था लागू हुँदैन । महिलाले गर्ने हस्तमैथुनले बाँझोपनको समस्या निम्त्याउँदैन । हस्तमैथुन गरेर मानसिक रुपमा बिना सहपाठी पनि एकल वा यौन जोडीबीच आनन्द लिन सकिन्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्