इजिप्ट: बम विस्फोट



कायरो,(एजेन्सी)
इजिप्टको एउटा कोप्टिक क्रिस्चियन चर्चबाहिर राखिएको बम निष्क्रिय पार्ने क्रममा विस्फोट हुँदा एकजना प्रहरीको ज्यान गएको सरकारी अधिकारीहरुले आइतवार बताएका छन् । मारिने मुस्तफा आविद नामक ति प्रहरी विष्फोटक पदार्थ निष्क्रिय पार्ने कामका विशेषज्ञ रहेको बताइएको छ ।

यस दुर्घटनामा अन्य दुईजना प्रहरी अधिकारी र एकजना दर्शक घाइते भएका छन् । राजधानी कायरो नजिकको नासर स्थित शहरको एक चर्चको छानामा एउटा व्यागमा लुकाएर राखिएका दुईवटा मध्ये एउटा बम विस्फोट भएको थियो । कसैले पन यस आक्रमणको जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्