फलेवास नगरपालिकामा पहिलो कालोपत्रे सडक



मुडिकुवा– लमाय सडक कालोपत्रे सम्पन्न

दुर्गाप्रसाद शर्मा
पर्वत
पर्वतको फलेबास नगरपालिकामा पर्ने मुडिकुवा –झकलक–कुर्घा–लुङ्गखु सडकको मुडिकुला–लमायखोला सडक खण्ड कालोपत्रे भएको छ ।

ग्रामिण पूननिर्माण तथा पूर्नस्थापना आयोजना(आरआरआरएसडीपी)ले फलेबास नगरपालिका वडा नं ४ मुडिकुवा देखि फलेबास नगरपालिकाको वडा नं ५ मा पर्ने लमायखोला सम्म ७ किलोमिटर सडक कालोपत्रे गरेको हो । आरआरआरएसडीपी मार्फत कालोपत्रे भएको यो सडक नै फलेबास नगरपालिका भित्र कै पहिलो कालोपत्रे सडक हो ।

मुडिकुवा –लमायखोला खण्ड २०७४ असारमा नै सम्पन्न हुनुपर्ने भएपनि डेढ बर्ष ढिलो गरि कालोपत्रे भएको छ । कालोपत्रेको सबै काम सकिएको र भत्किएका नालीहरु मर्मतको काम भैरहेको ग्रामिण सडक सञ्जाल सुधार आयोजनाका जिल्ला आयोजना ब्यबस्थापक जगदीश शर्माले जानकारी दिनुभयो ।

२०७४ असारमा सडकको म्याद सकिँदा सम्म जम्मा ३० प्रतिशत मात्रै काम भएको थियो भने डेढ बर्ष म्याद थप गरेर भएपनि सडक सम्पन्न भएको छ ।

‘ठेकेदारले समयमा काम सम्पन्न नगर्दा समस्याग्रस्त बनेको सडक सम्पन्न गर्न सकिएको छ ।’ ब्यबस्थापक शर्माले भन्नुभयो ‘फलेबास नगरपालिकाभित्र पहिलो कालोपत्रे सडक पुरा भएको छ ।’ गत जेथप गरेर पौषको तेस्रो सातामा कालोपत्रे कार्य सकिएको हो ।

वर्ष नै सम्पन्न हुनुपर्ने फलेवास नगरपालिकासहित दक्षिण पर्वतका तीन गाउँपालिकालाई जोड्ने ७ किलोमिटर सडक कालोपत्रे बजेट अभाब र समयमा ठेकेदारले काम सम्पन्न नगर्दा कालोपत्रे गर्ने कार्य रोकिएको थियो ।

गएको असोजमा डोलीडारमा भएको छलफलका क्रममा कालोपत्रेको सबैकाम मंसिर मसान्त सम्म सक्ने सहमति भएको थियो ।

फलेवास नगरपालिकासहित महाशिला, बिहादी र पैयुँ गाउँपालिका जोड्ने मुख्य सडकको ७ किमि खण्ड कालोपत्रे गर्न २०७२ माघमा चितवनको ओएसिस इन्जिनियरिङ एन्ड बिल्डर्स कम्पनीले ठेक्का सम्झौता गरेको थियो ।

मुख्य ग्रामीण सडकअन्तर्गत पर्ने यो सडकले फलेवाससहित महाशिला, बिहादी र पैयुँ गाउँपालिकाभित्रका ३१ वडाबासीलाई प्रत्यक्ष लाभ पुग्छ । यीबाहेक जिल्लालाई दक्षिणबाट उत्तरसम्म जोडिने एक मात्र नियमित सडक बन्ने छ ।

यो सडकमा हिजोआज दैनिक सयभन्दा बढी सवारी गुड्छन् । २०५७ सालमा जिल्लाकै पहिलो ग्रामीण सडकका रुपमा ट्रयाक खुलेर सञ्चालनमा आएको सडकमा हालसम्म हिउँदका सात महिनामात्रै सवारी चल्ने अवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्