‘क्यान्सर रोगीहरुको मनोबल बढाउनुपर्ने खाँचो छ’



स्वरुपा श्रेष्ठ
कार्यक्रम संयोजक
क्यान्सर रोग लागेमा अझै पनि लुकेर उपचार गर्नेहरु समाजमा कम छैनन् । बिरामी यस बारे बोल्दैन । न बिरामीका आफन्त यसबारे खुलेर बोल्छन् । यस्तो अवस्थामा नेपाल क्यान्सर सर्भाइभर ग्रुपले ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरको सहयोगमा सानेपास्थित हेरिटेज गार्डेनमा पुस २७ सुदिप्त क्यान्सर सर्भाइभर ‘याम्प शो’ गर्न लागेको छ । यो कार्यक्रमको परिकल्पनाकार एवं लामो समयदेखि क्यान्सर रोगीहरुलाई काउन्सिलिङ गर्दै आउनुभएका कार्यक्रम स्वरुपा श्रेष्ठसंग नेपाल समाचारपत्रका सुनील महर्जनले गरेको कुराकानीको सम्पादित अशं

यो कस्तो कार्यक्रम हो ?
यो एउटा ¥याम्प शो हो । क्यान्सर रोगबाट जितेका व्यक्तिहरुले ¥याम्प शो गरेर क्यान्सरपछि पनि जीवन छ भनेर सन्देश दिने छ । उनीहरुले नृत्य र गीत पनि प्रस्तुत गर्नेछ । एउटा सन्देशमूलक र मनोरञ्जन कार्यक्रम हो ।

कति जना ¥याम्प शो मा सहभागी हुनेछन् ?
हामीले २६ जना छनौट गरेका छौ । जसमध्ये महिलाको संख्या बढी छ ।

उहाँहरुलाई कसरी ¥याम्पमा सहभागी गराउन सक्नुभयो ?
हो, यो काम त्यति सजिलो थिएन । उहाँहरुमध्ये धेरै जसो गृहिणी हुनुहुन्छ । यस बिषयमा उहाँहरुसँग पटक–पटकको भेटघाट, छलफल र यसका विषयमा चेतना जगाएपछि एकएक गर्दै सहभागी गराउन सफल भयौँ । उहाँहरु पनि जनचेतनाका लागि ¥याम्प शोमा सहभागी हुन तयार हुनुभयो । यसमा प्रशिक्षक डल्ली गुरुङको ठूलो सहयोग रहेको छ । उहाँ आँफै पनि प्रभावित हुनुहुन्छ । उहाँले नै मोक्षमा ¥याम्प शो का सहभागीहरुलाई प्रशिक्षण दिइरहनु भएको छ ।

उपचारपछि पूर्णरुपमा निको भइसकेकाहरु मात्र सहभागी हुँदैछन् की अरु पनि ?
उहाँहरु सबै जना उपचारपछि क्यान्सर निको भइसकेका हुनुहुन्छ । उहाँहरुमध्ये कुनैले पनि क्यान्सरको औषधि खाइरहनु भएको छैन । उहा“हरु पूूर्ण रुपमा क्यान्सर विजेता हुनुहुन्छ । अरुलाई सहभागी गराइएको छैन ।

क्यान्सर रोगबाट निको भएका बिरामीहरुको ‘¥याम्प शो’ नै किन ?
क्यान्सर रोग समयमै पहिचान भएमा उपचार गरेर निको हुन्छ ।, क्यान्सर रोग लाग्दैमा मृत्युदेखि डराउनुपर्दैन । क्यान्सर पछिको पनि जीवन बाँकी छ भन्ने सकारात्मक समाजमा सन्देश फैलाउने कार्यक्रमको मुख्य उद्देश्य हो ।

यस्तो सन्देश फैलाउनुपर्ने आवश्यकता कतिको छ ?
समाजमा क्यान्सर रोग लागेपछि सबैले अब जीवन खत्तमै भो भनेर बुझ्ने गरेका छन् । बिरामीहरु लुकिलुकि उपचारमा संलग्न हुन्छन् । तिनका आफन्तले क्यान्सर रोग लागेको भनेर कसैलाई भन्दैन । क्यान्सर रोग लागेकाहरुले यो रोग समयमै पहिचान भए निको हुन्छ , यसलाई पनि अरु रोग झैँ सहज रुपमा लिनुपर्ने सन्देश प्रवाह गर्न यो कार्यक्रम गर्न लागेको हो।

क्यान्सरबाट जितेका व्यक्तिहरुले समेत समाजमा किन खुल्न चाहँदैनन त ?
अहिले पनि समाजमा क्यान्सरका विरामीलाई हेर्ने दृष्टि फरक छ । त्यसैले अधिकांश बिरामीहरु घरभित्रै बस्न रुचाउनुहुन्छ । कसैले थाहा नपाओस भन्न चाहनुहुन्छ । धेरैले क्यान्सर भएको कुरा थाहाभयो भने छोराछोरीको विवाह नहोला की भन्ने पनि डर हुन्छ । समाजमा सकारात्मक भन्दा पनि नकारात्मक सोच्ने प्रवृति बढी भएकाले बिरामीहरु खुल्न नचाहेको हुन सक्छ ।

क्यान्सर रोग लागेमा बिरामीलाई रोग लागेको थाहा दिनुपर्छ कि पर्दैन् ?
थाहा दिनुपर्दछ । थाहा नदिएमा उपचार गर्न अप्ठ्यारो हुने गर्दछ । जति उपचार गरेपनि रोग निको नै हुँदैन, मलाई के रोग लागेको होला ? औषधी पो गलत हो कि ? न चिकित्सक गलत उपचार त गरिरहेको छैन भनेर चिन्तित भएको पाएको छु ।

आफूलाई क्यान्सर रोग लागेको भनेर थाहा पाउने वितिक्कै शुरुमा तनाब नै हुुने गर्दछ । डराउने गर्दछन् । जीवनको अन्त हुने भो भन्ने विचारले सताउँछन् । पछि विस्तारै उपचारको लागि तयार भईदिन्छ, चिकित्सकले गर्ने उपचारमा सहयोगी भूमिका निर्वाह गर्ने हुन्छन् । यसले उपचार गर्न पनि सजिलो हुन्छ । काउन्सिलिङ गर्दैै जाँदा सकारात्मक सोच र आत्मविश्वास पैदा हुने गरेको छ । उपचारप्रति सन्तुष्ट हुने गरेको छ । त्यसले बिरामीले आफूलाई लागेको रोगबारे थाहा पाउनुपर्दछ ।

उपचारसंगै काउन्सिलिङको के कस्तो प्रभाव परेको महसुश गर्नुभएको छ ?
क्यान्सर रोगसंग लड्न बिरामीको मनोबल बढाउनु आवश्यक छ । क्यान्सर रोगलाई हेर्ने, बुझ्ने समाजको आँखा पनि उदार बनाउनुपर्दछ ।क्यान्सर रोगलाई पनि मधुमेह, उच्चरक्त चाप झँै हेर्ने सकारात्मक तरिकाले बुझ्ने दृष्टि विकास गर्नुपर्ने खाँचो छ । यस्तो सोचले क्यान्सर रोगको उपचार गरिरहेका र तिनका आफन्तलाई हौसला प्रदान गर्नेछ । क्यान्सरका बिरामीको आत्मविश्वास बढाउने छ । यसले गर्दा काउन्सिलिङले बिरामी र तिनका परिवारलाई रोगसंग लड्ने हिम्मत बढाउँछ । त्यसैले क्यान्सर रोग बारे सचेतना जगाउने अभियानको खाँचो छ ।

क्यान्सरका बिरामी र उहाँहरुका आफन्तहरुलाई के सुझाव दिनुहुन्छ ?
क्यान्सर रोग लागेपछि उपचारको लागि विदेश जाने गर्दछन् । बाहिर जाँदा कतिपय अवस्थामा ठगिने, खर्चको भार बढी हुने गरेको छ । यसले बिरामी र तिनका आफन्तलाई बढी तनाव हुने गरेको छ । अझ पनि कसैलाई क्यान्सर भइहाल्यो की उपचारका लागि विदेश जाने सल्लाह दिन्छन । विदेश जाउ भन्ने सल्लाह दिन सजिलो छ । तर विदेश जाँदा लाग्ने खर्चको हेक्का कसैले राखेको पाईदैन । सल्लाह दिनेहरुको लहहलैमा विदेश जान्छन । त्यसको लागि घरखेत बेचिन्छ । कति विरामी घरखेत बेचेको पैसाले समेत उपचार नपुगेर फर्कीरहेका छन् ।

नेपालीहरुको करौडौं रुपैयाँ बाहिर गइरहेको छ । क्यान्सर रोग लागेपनि विदेश जानुपर्दैन, नेपालमै बसेर उपचार गर्न सकिन्छ भन्ने सन्देश दिने पनि यस कार्यक्रमको अर्को उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्