बिपीएलमा सन्दिपको उत्कृष्ट प्रदर्शन, डेब्यू खेलमै लिए २ विकेट



काठमाडौँ ।
बंगलादेश प्रिमियर लिग (बिपीएल) मा सन्दिप लामिछानेले पहिलो खेलमा नै विकेट लिएका छन ।

आठौं ओभर लिएर आएका उनले पहिलो बलमा एक दिए भने दोस्रो बलमा पनि मात्र एक रन खर्चिए । तेस्रो बलमा स्टिभ स्मिथले डिफेन्स गरेभने चौथो बलमा एक रन लिन सफल भए । त्यसपछि दुई खेलमा एक दिन दिए ।

१० औं ओभर लिएर आएका सन्दिपले मात्र तीन रन दिए । उनले ब्यक्तिगत दोस्रो ओभरको पहिलो बलमा एक रन दिए भने दोस्रो बलमा विकेटका लागि अपिल गरेका थिए । त्यसपछि तेस्रो बल उनले डट फाले । चौथो बलमा एक रन खर्चिन पुगे । त्यसपछिका दुई बलमा उनले एक रन खर्चिए ।

त्यसपछि उनले आफ्नो ब्यक्तिगत तेस्रो ओभरमा ६ रन दिए । जसमा सुरुवाती दुई बल वाइड गरेका थिए । त्यसपछि उनले एक रन दिएभने अर्को बल डट गरे । मलिकले खेल्न सकेनन् । अर्को बलमा मल्लिकले अगाडी बढेर खेल्न खोज्दा एलबीडब्लुको अपिल गरेका थिए । त्यसपछि उनले अर्को बलमा फेरी एक रन दिए । तर अन्तिम बलमा उनले विकेट लिन सफल भए ।

उनले सोयव मलिकको विकेट लिए । जसमा उनले १३ रन बनाएका थिए । साथै सन्दिपले २४ रनको साझेदारी तोडे । उनले सोयबलाई सब्बिर रहेमानको हातबाट क्याच आउट गराएका हुन् ।

उनले तीन ओभरमा १४ रन खर्चिदै १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्