किशोरीको मृत्यु



वार्सा,(एजेन्सी)
उत्तरी पोल्यान्डमा अचानक आगालागी हुँदा स्केप रुम गेम खेलिरहेका पाँचजना किशोरीको ज्यान गएको प्रहरीले जनाएको छ । सम्पुर्ण १५ वर्ष उमेरका तिनीहरु एउटा जन्मदिवसमा भाग लिन कोस्जालिन शहरमा पुगेका थिए ।

सहभागी सबैलाई एउटा स्केप रुममा थुन्ने र तिनीहरुले थुप्रै जटिल प्रश्नहरु ह लगर्दै त्यहाँबाट निस्कने यो खेल विश्वभरि लोकप्रिय रहेको छ । शुक्रवार भएको यस दुर्घटनामा एकजना पचिस वर्षिय युवक गम्भीर घाइते भएकछन् । आगलागीको कारण थाहा भएके छैन भने पोल्यान्डका अन्य स्केपरुमहरुको सुरक्षा अवस्थाको अनुगमन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्